दलित समुदायका दुई जना सगरमाथामा



दलित समुहका दुई जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेको दाबी गरेका हुन् ।

देशको गौरव मुलुकको सान दलितहरुको सगरमागा आरोण भन्ने मुल नाराका साथ आफुले सगरमाथा आरोहण गरेको दलित समुदायको तर्फबाट पहिलो पटक सगरमाथा आरण गर्ने पहिलो महिला कुमारी ज्ञानमाला रन्पालले जानकारी दिनुभयो । उहाले आफु महिला भएको र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको मान्यतालाई चिर्न सगरमाथा आरोहण गरेको बताउनुभयो ।

ज्ञानमालाले सरगरमाथा आरोण गर्ने प्रेरणा सगरमाथामा पहिलो पाइला टेक्ने नेपाली महिला पासाङ ल्यामु शेर्पाबाट मिलेको जानकारी दिनुभयो । सगरमाथाको चुचुरोमा पाइला टेक्दा आफुलाई निकै खुशीलागेको उहाको कथन छ । मृत्युुसंग पैठेजारी खेल्दै गरिएको आरोहणमा आफुले आप्नो बुवालाई आसचर्य चकित पार्न सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र आफ्नो बुवाको फोटो लिएर सगरमाथाको चुचुरोमा प्रदर्शन गरेको बताउनुभयो ।

कुमारी ज्ञानमालाले भनिन समाजमा रहेको छुवाछुत र हेला होचोका विरुद्ध पनि सगरमाथ आरोहण गर्दा दलित समुदाय र दलित महिलालाई हेर्ने दृष्टिकाणमा परिवर्तन आउने भएकाले म सगरमाथा आरोहण गर्न हौसिएको हुँ । सगरमाथाको आरोहणमा झण्डै आफ्नो दुई आखा र हात गुम्न लागेको अवस्थाबाट आफु बचेको समेत उहाको भनाइ छ । सगरमाथाको पहिलो पटक आरोहण गरेर किर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्माले सगरमाथामा दलित महिलालाई समेत सफल आराण गराउन आफु सफल भएको बताउनुभयो । उहाले सगरमाथा आरोहण गर्न पहिले साना–साना हिमालहरुको आरोण गर्नुपर्ने जानकारी दिनुभयो ।

आफुले पहिले पनि सगरमाथा आरोहण गरिसकेकाले केही सजिलो भएको उहाले बताउनुभयो । विश्वकर्माले सगरमाथमा पाइला टेक्दा गौरवको अनुभुति भएको बताउनुभयो । सगरमाथामा ट्राफिक जाम हुनुमा राज्यको कमजोरी रहेको विश्वकर्माको भनाई छ । २ महिनाको विदा लिएर घरमै बसेर सगरमाथाको बारेमा जानकारी दिने निकायको कमजोरी रहेको उहाको भनाइ रहेको छ । सरगरमाथाको चुचुरोमा पाइला टेकेर फर्किदै गर्दै अक्सिजन सकिएर आफुलाई निकै अप्ठारो भएको घिमिरेको भनाइ छ ।

यसरी विभिन्न अप्ठेराहरुका बाबजुत पनि आफुहरुले सगरमाथाको आरोहण गरेको उहाले बताउनुभयो । उहाले सगरमाथामा आरोहण गर्ने आरोहीले आरोहण सकिएपछि आफुले लगेका विभिन्न सामानहरु त्यही छोड्ने भएकाले फाहोर बढेको बताउनुभयो । सगरमाथाको आरोहण गरेर फर्के पनि आफुहरुलाई राज्यले व्यवास्ता गरेको उनीहरुको भनाइ छ । विभिन्न अप्ठेराहरुका कारण पनि २०७६ साल जेष्ठ ९ गते विहान १० बजे र १० मिनेटमा सगरमाथाको चुचुरोमा नेपालीको सान खुकुरी प्रदर्शन र नेपालको राष्ट्रिय झण्डा फहराउदा आफुहरुलाई गौरव लागेको उहाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्