गाउँपालिकाले बितरण गर्यो एचआईभी संक्रमितलाई बाख्रा



विमल विष्ट, डोटी ।
डोटीको पुर्विचौकी गाउँपालिकाले आफनो गाउँपालिकामा भएका एचआईभी संक्रमितहरुलाई उन्नत जातका बाख्रा बितरण गरेको छ । संक्रमितहरुलाई ायआर्जन गर्न सजिलोहोस र आम्दानीको बाटो होस भने उक्त उन्नत जातका बाख्रा बितरण गरिएको पुर्विचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एचआईभी संक्रमितहरुलाई आयआर्जनको लागि सजिलोहोस भनेर हामीले बाख्रा बितरण गरेकाछौँ,निकट भविष्यमै अन्य रोजगार तथा सिपमुलक कार्यक्रम पनि दिनेछौँ ।”
जिल्लाको सबैभन्दा बढी उक्त गाउँपालिकामा एचआईभी संक्रमित उक्त पुर्विचौकी गाउँपालिकामा रहेको बिभिन्न संघ संस्थाहरुको तत्थ्यांङ्कले देखाएको छ ।

गाउँपालिकाले आफनै रकममा जिल्लामा भएका करिब एकदजर्ना बढी एचआईभी संक्रमितलाई उन्नत जातका बाख्रा बितरण गरिएको सो गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख टेकबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले एकदजर्न बढी एचआईभी संक्रमितलाई बाख्रा बितरण गरेकाछौँ,क्रमस अन्य संक्रमितलाई पनि बितरण गर्ने योजना बनाएका छौँ ।” गाउँपालिकाले आफनो आय स्तर बृद्धिका लागि बाख्रा बितरण गरेपछि सो गाउँपालिकामा रहेका एचआईभी संक्रमितहरु निकै खुसि भएका छन् ।

एचआईभी संक्रमितहरुलाई बाख्रा बितरण गर्ने पुर्विचौकी गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस्