लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु



काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ ।

लिवियाको राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।

हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए ।

‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।

अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्