लन्डनको कोसेली लुकाऊँ कि



सर्वेन्द्र अधिकारीको गीत नजरमा लुकाउँ कि हालै सार्वजनिक गरिएको छ। यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

लन्डन आसपासमा छायांकन गरिएको फिल्ममा बेलायतबासी सञ्जयभक्त कँडेल र निरू कोइरालाले आकर्षक अभिनय गरेका छन्। गीतको भिडियोमा प्रेमिल भाव व्यक्त गरेको पाइन्छ। सुनील राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्वेन्द्र अधिकारीले दिएका छन्। पूर्वप्राध्यापकसमेत रहेका सर्वेन्द्रको यो दोस्रो गीत हो भने स्वर पहिलोपटक दिएका हुन्।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी प्रभु र सुस्मिता थापाले गरेका छन्। गीतलाई विनोद भुजेलले एरेन्ज गरेका छन्। बुढासुब्बा डिजिटल प्रालिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो नवीन निरौलाले सम्पादन गरेका छन् भने छायांकन गुणदेव घिमिरेले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्