प्रसोधित युरेनियमको सीमाननाघ्न ट्रम्पको चेतावनी



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले इरानलाई प्रसोधित युरेनियमको सीमा पार नगर्न चेतावनी दिएका छन् । यदि इरानले आफनो परमाणु कार्यक्रमबाट संवर्धित युरेनियम को सीमा पार गर्छ भने उसले गम्भिर समस्या सामना गर्नु पर्न सक्ने उनले बताए ।

परमाणु सम्झौताका उलंघन गरेर इरानले आगोसँग खेलिरहेको उनले बताए । यसअघि इरानले आफनो युरेनियम भन्डार बढाउने जनाएको थियो ।
सोमबार अन्तराष्ट्र्यि परमाणु उर्जा एजेन्सी (आईएईए)का महानिर्देशक युकिया अमानोले इरानले ३ सय किलो प्रसोधित युरेनियमको सीमा पार गरेको पुष्टि गरेकी थिइन् । यसअघि पनि ह्वाइट हाउसले इरानबाट परमाणु सम्झौता उलंघन भइरहेसम्म अमेरिका उमाथि दबाव बनाइराख्ने जनाएको थियो ।

बेलयाले इरानलाई आगामी दिनमा यस प्रकारका कुनै पनि कदम चाल्नबाट बच्न भनेका थिए । राष्ट्र्संघले पनि इरानलाई सम्झौता अन्तर्गत आफनो प्रतिबद्धतामा कायम रहन भनेको छ । अमेरिकी राष्टपतिले सम्बर्धित युरेनियमको सीमा बढाउने इरानको फैसलालाई लिएर फ्रान्सका राष्टपति इम्यानुएल म्याक्रोंसँग छलफल गरेको बताइएको छ । इजरायलले पनि अमेरिकासँग इरानमाथि प्रतिबन्ध लगाउन भनिरहेको छ ।

इरानमाथि अमेरिकी प्रतिबन्ध कस्सिँदै गइरहेको स्थितिमा खाडी क्षेत्रमा अत्यन्तै तनावको स्थिति रहेको छ । केही दिन अगाडी ओमानको खाडीमा हारेमुज जलडमरुबाट केही दुरीमा दुई तेल ट्याँकरमा विस्फोट भएको थियो । इरानद्वारा अमेरिकाको जासुसी ड्रेन खसालिएपछि दुई देशबीच तनाव बढेको छ । इरानले मे ८ मा अन्तराष्टिय परमाणु सम्झौताका केही प्रावधानबाट अलग हुने घोषणा गरेको थियो । यसले उक्त सम्झौताको नै आसंकाको स्थितिमा पुगेको छ ।

सन् २०१५ इरानले अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतसँग एक सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अन्तर्गत इरानले उमाथि लागेको आर्थिक प्रतिबन्ध हटाउने सर्तमा आफनो परमाणु कार्यक्रम सिमित गर्न सहमति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्