मुम्बईको भीषण वर्षामा अठारको मृत्यु



मुम्वइ,(एजेन्सी)
भारतको व्यावशायिक राजधानी शहर मुम्वइमा आएको भिषण वर्षाको कारण कम्तिमा अठार जना मानिसको ज्यान जाुनका साथै ठूलो परमाणमा रेल , सडक र हवाई यातायात अवरुद्ध हुन पुगेको मंगलवार सरकारी अधिकारीहरुले बताएका छन् ।

मंगलवार विहान सवेरै एउटा पर्खाल ढल्न पुग्दा त्यसमा पुरिएर ति व्यत्तिको ज्यान गएको हो । दुई दिन देखि मुमवईमा लगातार मुशलधारे पानी परिरहेको छ । स्थानिय प्रशासनले मंगलवार सार्वजनिक विदा दिने घोषणा गर्दै मानिसहरुलाई घर बाहिर ननिस्कन अनुरोध गरेको थियो ।

जलवायु विभाग विज्ञान विभागका अधिकारीहरुले झण्डै एक दशक पछि पहिलो पटक यति धेरै पानी परेको दावी गरेका छन् । विशेषज्ञहरुले तिव्र गतिमा भइरहेको भवन निर्माण र खराव शहरी वसोवास योजनाको कारण मुमवईको वार्षि वर्षामा समस्याहरु देखिएको आरोप लगाएका छन् ।

अधिकांश पिडितहरु मुम्वईको उपनगर क्षेत्र मालादको एउटा निर्माणाधिन क्षेत्रका कामदारहरु रहेको प्रहरीले जनाएको छ । लगातार परेको पानीको कारण शहरको जताततै जलमग्न हुन पुगेको छ । अडचालिस घन्टा भित्र झण्डै ५ सय ५० मिलिलिटर पानी परेको छ । अहिले सम्म खराव मौसमको कारण ५० वटा हवाई उडान डाइभर्ट गरिनुका साथै कम्तिमा अन्य पचासवटा उडान रद्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्