ट्रम्पका कार्टुनका कारण कार्टुनिस्ट बर्खास्त



ओटावा (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिको सीमा विवाद सम्बन्धी एक दुखद घटनालाई कार्टुन मार्फत प्रस्तुत गरेपछि क्यानाडाली कार्टुनिस्ट माइकल डी एडर जागिरबाट बर्खास्ट भएका छन् । क्यानाडाका प्राय अखबारले उनको सेवा लिन पनि बन्द गरेको बताइएकोछ ।

गत बुधबार उनको उक्त कार्टुन भाइरल भएको थियो । यसमा मेक्सिको–अमेरिका सीमामा नदीमा डुबेका पिता र पुत्रीको शव नजिकै ट्रम्पलाई हातमा गल्फ स्टिक बोकेर उभेको देखाइएको थियो । यसमा राष्ट्रपतिले सोधिरहेका थिए, ‘म यहाँ खेलेँ भने तपाईलाई कुनै अप्ठ्यारो हुन्छ ‘ ।

हफपोस्ट क्यानाडाका अनुसार कार्टुनमा अस्कर अल्बर्टे मार्टिनेज रामिरेज र उनकी २३ महिनाकी छोरी भेलेरियको अत्यन्त पीडादायक फोटोबाट प्रेरित हो । उनीहरु अल साल्भाडोर छोडेपछि मेक्सिकोबाट अमेरिकामा प्रवेश गर्ने प्रयासमा नदी पारका क्रममा डुबेर मृत्यु भएको थियो ।
छोरी र पिता अंगालो हालिएको अवस्थाको उनीहरुको शवको तस्वीरले विश्वब्यापी तहल्का मच्चाएको थियो ।

यो कार्टुनले क्यानाडा र अमेरिकाका नागरिकहरुको ध्यान तान्न सफल भयो । अभिनेता जर्ज टेकी र मार्क हेमिलले यसलार्य ‘पुलित्जर पुरस्कार‘ योग्य बताए । डी एडले शनिबार ट्विटरमा लेखेका थिए– मैले ब्रन्सविक न्युज इन्कको स्वामित्वमा रहेका सबै अखबार द मन्कटन टाइम्स ट्रान्सक्रिप्ट, फ्रेडरिक्टन डेली ग्लिनर, टेलिग्राफ जर्नल र टेलिग्राफ जर्नल सेन्ट जोनलाई छोडेको छु ।

डी एडरले प्राविधिक रुपमा आफुलाइ बर्खास्त नगरेको बताए । किनभने कम्पनीसँग कन्ट्राक्टमा रहेको उनले जनाएको छ । एसोसिएसन अफ क्यानेडियन कार्टुनिस्टका अध्यक्ष वेस टायरेलले ब्रन्सविक अखबारले ट्रम्पमाथि बनेका कार्टुन छापेको छैन । तर डी अडरले विगत केही बर्षदेखि लगातार त्यसता कार्टुन बनाइरहेका थिए ।

सीमामा मानविय सहायता
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण पश्चिम मेक्सिको सीमामा मानविय सहायता उपलब्ध गराउन ४ अर्ब ४१ करोड डरको विधेयकमा हस्ताक्षर गरेको छ । अमेरिकी कांग्रेसले गत हप्ता नै सीमामा सहायताका लागि प्रस्ताव पारीत गरेको थियो ।

ह्वाइट हाउसले सोमबार दक्षिण पश्चिम सीमामा आप्रवासी संकटसँग जुघ्न मानविय सहायता र सुरक्षाका लागि आपतकालिन सीमा सहायता विधेयकलाई स्विकृत गरिएको जनाएको थियो ।

केही दिन अगाडी अमेरिकाका प्रवेश गर्ने प्रयासका क्रममा अस्कर अलबर्टो मार्टिनेज रामिरेज आफनी छोरी वेलेरियासँग रियो ग्रान्ड नदी पार गर्ने क्रममा डुबेका थिए । अलबर्टो २३ महिनाकी छोरीलाई आफनो टीसर्टमा अल्झाएर नदी पार गरिरहेका थिए । अलबर्टो र उनकी छोरी नदी किनारामा डुबिरहेको तस्वीरले पुरै विश्व भावुक भएका थियो ।

अन्तराष्ट्रिय अर्गनाइजेसन अफ माइग्रेसनका अनुसार सन् २०१४ देखि सन् २०१९ जुन २७ सम्ममा ३२ हजार १ सय ८२ आप्रवासीको मृत्यु भइसकेको छ । यस अवधिमा अमेरिका–मेक्सिको सीमामा मात्र २ हजार ७५ जनाको ज्यान गयो ।

यसबी अमेरिकी कस्टम एन्ड बोर्डर प्रोटेक्सनको आंकडा अनुसार सन् २०००मा १६ लाख भन्दा धेरै आप्रवासी सीमामा अवैध घुषपैठका क्रममा पक्राउ परेका थिए । सन् २०१८ मा ४ लाख अवैध आप्रवासी पक्राउ परेका थिए । तर यो बर्ष मेसम्म अमेरिका मेक्सिको सीमामा ६ लाख आप्रवासीलाई सीमा प्रवेश गरिरहँदा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्