बगैंचामा शव



लन्डन,(एजेन्सी)
वेलायतको हिथ्रो विमानस्थल तर्फ आइरहेको एउटा विमानको ल्यान्डिंग गियरबाट खसेको हुनुपर्ने अनुमान गरिएका एकजना आशंकित शरणार्थी राजधानी लन्डनको एउटा बगैंचामा मृत अवस्थामा फेला परेका छन् ।

क्लाफामको ओफर्टन रोडमा स्थानिय समय अनुसार आइतवार अपरान्ह ३ बजेर ४० मिनेट जाँदा एक पुरुषको लाश भेटिएको हो । प्रहरीले नैरोबीबाट उडेको केन्या एयरवेजको उडानबाट ति व्यक्ति खसेको हुनुपर्ने अनुमान गरेको छ । स्थानिय एक वासिन्दाले बगैंचामा घाम ताप्दै गरेका एक व्यक्ति देखि एक मिटर पर उनी खसेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्