अमेरिकाले स्कच व्हिस्कीमा नयाँ ट्यारिफ लगाउने



वासिंगटन,(एजेन्सी)
अमेरिकी सरकारले विदेशबाट आयात हुने वस्तुहरु मध्ये स्क्च व्हिस्कीमा नयाँ ट्यारिफ लगाइने संभावना धेरै रहेको सरकारी सुत्रले मंगलवार जनाएके छ । अमेरिकाले युरोपेली संघ ( इयु) बाट आयात हुने करिव चार अर्व अमेरिकी डलर वरावरको वस्त्ुमाथि थप ट्यारिफ लगाउने चेतावनी दिएको छ ।

यस नयाँ ट्यारिफ नीतिबाट आयरल्यान्ड बाट आउने व्हिस्की र चिज लगायत पार्मेसान , गोडा , पास्टा तथा ओलिभ आयल जस्त वस्तुहरु बढि प्रभावित हुने अनुमान गरिएको छ । तर यो नयाँ ट्यारिफ नीति कहिले देखि लागु हुन हो भन्ने स्पष्ट पारिएको छैन ।

नाम उल्लेख नगरिएका एकजना अमेरिकी व्यापार प्रतिनिधीले युरोपेली विमानको सहुलियत दरबाट सिर्जना भएके समस्यालाई सम्बोधन गर्ने उद्देशयले यो कदम चालिन लागेको बताएक छन् । गत अप्रिलमा मात्र अमेरिकाले इयुबाट आयात हुने एघार अर्व डलर वरावरको वस्तुहरु माथि ट्यारिफ लगाउने घोषणा गरेको थियो ।

विश्व व्यापार संगठन ( डब्ल्युटिओ ) मा अमेरिका र युरोपेली संघ बिच पन्ध« वर्ष देखि विमान निर्माण कम्पनी युरोपको एयरबस र अमेरिकाको बोइंगलाई दिइने सुविधालाई लिएर चल्दै आएको विवादको कारण अमेरिकाले यो नयाा ट्यारिफ नीत अपनाउन लागेको राजनीतिक विश्लेषकहरुको भनाई रहेको छ ।

अमेरिका विशवमै सबैभन्दा बढि परिमाणमा स्कच व्हिस्की आयात गर्ने मुलुक हो । सनु २०१८ मा अमेरिकाले १ अर्व ४० लाख पाउन्डको व्हििस्की खरिद गरेको थियो ।

तर परमाणको आधारमा भने अमेरिका स्क्च व्ह्स्किी खरिद गर्ने विश्वकै दोश्रो सबैभन्दा ठठूलो राष्ट्र हुन पुगेको छ । गत वर्ष अमेरिकाले १३ करोड ७० लाख वोटल ह्विस्की खरिद गरेको थियो । तर अमेरिकी व्हिस्की र स्कच ह्विस्की कम्पनीहरुबिचको सम्बन्ध भधने निकै सुमधुर रहँदै आएके छ ।

प्रतिक्रिया दिनुहोस्