देवः विकास बैंकको दुई शाखा थपिए



 

देवः विकास बैंकले बनेपा बजारमा शाखा खालेको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले औपचारिक उद्घाटन गर्नुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले एक दशक अगाडि बनेपा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गरी एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैंकिङ सेवासहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी गराउनुभयो ।

उदघाट्न कार्यक्रममा डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्यमशीलताको विकास र निजी क्षेत्रमैत्री बैंकिङ प्रणालीका लागि सरकारी नीति र व्यवस्थाको बारेमा प्रकाश पार्नु हु“दै देशको आर्थिक वृद्धिदरलाई वृद्धि गर्न नेपाल राष्ट्र बैंकले गर्दै आएको गतिविधिका बारेमा चर्चा गर्नुभयो । बैंकले पनौती नगरपालिकाको कुशादेवीमा अर्को शाखा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्