नाइजर सैनिक शिविरमा आक्रमणमा १८ सैनिकको मृत्यु, चार सम्पर्कविहीन



नियामी । पश्चिमी नाइजरको सैनिक शिबिरमा एक समूहले गरेको ‘आतङ्कवादी’ आक्रमणमा परी कम्तीमा १८ जना सैनिकको मृत्यु भएको नाइजरका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् ।

केही सैनिक शिविरबाट भागेर ज्यान बचाएका बताइएको छ भने घटनापछि समाचार तयार पार्दासम्म चार सैनिक सम्पर्कमा आएका छैनन् । सेनामाथि भएको आक्रमणलाई साम्य पार्न अमेरिका र फ्रान्ससमेतले हवाई आक्रमणमार्फत नाइजर सरकारलाई सहयोग गरेका बताइएको छ ।

सोमबार दिउसो भएको उक्त आक्रमण अफ्रिकाको उत्तरपश्चिम क्षेत्रमा रहेको मालीको सीमा क्षेत्र नजिकै भएको नाइजरको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । सेनाले चार सैनिक सम्पर्कमा नआएको पनि बताएको छ । विश्वको गरिब राष्ट्रमध्ये मानिने अफ्रिकी राष्ट्र नाइजर साहेल क्षेत्र स्लामिक आन्दोलन प्रभावित अतिसम्वेदनशील इलाकामा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्