यूएई प्रधानमन्त्रीकी पत्नी विदेश पलायन



लन्डन (एजेन्सी)
युएईका अर्बपति शासककी छैंठो पत्नी हया बिन्त अल हुसैन सम्बन्ध विच्छेदपछि देशबाट पलायन भएकी छिन् । वैवाहिक सम्बन्ध तोडिएपछि ३ करोड १० लाख पाउन्ड सम्पती सहित हया बिन्त आफना दुबै बच्चा लिएर युएई छोडेर गएको बताइएको छ ।

उनलाई देश छोड्न जर्मन राजनितिज्ञले सहयोग गरेको अपुष्ट समाचार आइरहेको छ । यसले युएई र जर्मनीबीच कुटनितिक संकट उत्पन्न हुन सक्ने अनुमान गरिएको छ । युएईका प्रधानमन्त्री तथा उप राष्ट्रपति शेख मोहम्मद बिन रशिद अल मखतुमकी पत्नी हया बिन्त सम्भवत लन्डनमा भएको सन्चार माध्यमहरुले जनाएका छन् ।

हया जोर्डनका नरेज अब्दुल्लाकी सौतेनी बहिनी हुन् । उनी पहिला जर्मनी भागेकी र त्यहाँ उनले राजनितिक शरण माग गरेकी थिइन् । उनी आफना पतिसँग सम्बन्ध विच्छेदको माग गरिरहेकी थिइन् । नयाँ जिन्दगी शुरु गर्न उनले आफुसँग ३ करोड १० लाख पाउन्ड पनि साथै लिएर गएको बताइएको छ ।

अक्सफोर्डकी पुर्व छात्रा पिन्सेस हया मे २० पछि सार्वजनिक तथा सामाजिक सन्जालमा देखिएकी छैनन् । उनी सामाजिक सन्जालमा उनको कल्याणकारी कृयाकलापका तस्वीरले भरिएको हुन्थ्यो । उनी गत फेब्रुअरी देखिनै त्यसमा निस्क्रिय देखिएकी छन् ।

जर्मन सरकारले युएईका प्रधानमन्त्रीकी पत्नी फर्काउन गरिएको अपिललाई अस्विकार गरेको अरब सन्चार माध्यमहरुले दावी गरेका छन् । यो घटना प्रधानमन्त्रीकी छोरी राजकुमारी लतिफा आफनो परिवार र दुबईबाट भाग्ने प्रयास गरेपछि विकसित भएको हो । यद्यपी उनलाई भारतिय तटबाट केही दुरी समुद्रमा एक डुंगामा पक्राउ गरिएको थियो । त्यसपछि उनी देखापरेकी छैनन् । उनी युएई फर्किसकेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्