उत्तर कोरियाली सञ्चारमाध्यमद्वारा ट्रम्पको भ्रमणलाई जोड



प्योंगयांग,(एजेन्सी)
उत्तर कोरियाको सरकारी संचार निकाय केसिएनएले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली भुमि टेक्ने गरी गरेको अचानक भ्रमणलाई ‘ अभूतपुर्व घटना ’ को संज्ञा दिएको छ । आइतवार ट्रम्प अमेरिकी इतिहासमै उत्तर कोरियाली भुमिमा पाइला टेक्ने प्रथम राष्ट्रपति बनेका थिए ।

उनको साथमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन पनि रहेका थिए । त्यसअघि ट्रम्पले ट्विटर मार्फत आफु दक्षिण कोरियामा पुग्दा भेट्ने हो की भन्दै अनुरोध गरेका थिए । सोमवार केसिएनएले ट्रम्पको अप्रत्यासित भ्रमणको विस्तृत समचार सम्प्रेषण गरेको छ ।

उत्तर कोरियाली जनताले विरलै मात्र बाह्य विश्वको समाचार सुन्न र हेर्न पाउने गरेका छन् । सरकारद्वारा निकै नियन्त्रित उत्तर कोरियाको संचार माध्यमले दशकौं देखि अमेरिकालाई शत्रुका रुपमा घृणा गर्दै आएको छ ।
तर अहिले किमकाृ मित्रको रुपमा अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नै भुमिमा हिँडिरहेको तस्वीर देखेर उत्तर कोरियाली आम जनता आश्चर्यमा परेका छन् । गत फेब्रअरीमा भियतनामको राजधानी हनोइमा किम र ट्रम्पबिच भएको असफल वार्ता अझै सम्म ठप्पको अवस्थामा रहेको छ ।

आइतवारको यस अप्रत्यासित भेटघाटको दौरान आफुहरु बिचको मित्रताको वकालत गर्दै दुवै नेता नयाँ टोलि मार्फत आणविक वार्ता पुनारम्भ गर्न सहमत भएका छन् । जापानमा आयोजित जि – २० को शिखर बैठकमा भाग लिइसकेकपछि ट्रम्प दक्षिण कोरिया पुगेका हुन् ।

 

चीनद्वारा ट्रम्प–किम वार्ताको स्वागत

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन बीच सैन्य रहित कोरियाली सीमा क्षेत्र (डीएमजेड) मा भएको भेटवार्ताको स्वागत गरेको छ । उनीहरुको रचनात्मक भेटवार्ताबाट सकारात्मक नतिजा आउने चीनले जनाएको छ ।

डीएमजेडले कोरियाली प्रायद्विपलाई विभाजित गरेको छ । राष्ट्रपति ट्रम्पले आइतबार उत्तर कोरियाको भुमीमा पनि टेके । त्यसपछि किमसँग वार्ता गरेका थिए । दुबै नेता स्थगित परमाणु वार्ता पुन स्थापित गर्न टोली गठन गर्न सहमत भए । दुई नेताबीच भएको यो तेस्रो भेटवार्ता हो । यसअघि पहिलो सिंगापुर र दोस्रो हनोइमा उनीहरुबीच शिखर वार्ता भएको तर उत्तर कोरियाली परमाणु कार्यक्रम अन्त्य गर्ने दिशमा कुनै ठोस नतिजामा पुग्न असफल भएको थियो । परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्र संघले उत्तर कोरिया विरुद्ध कडा प्रतिबन्ध लगाएको छ ।

ट्रम्प–किमबीचको वार्ताका विषयमा सोधिएको प्रश्नको जवाफमा चीनको विदेशमन्त्रालयका प्रवक्ता जेङ सुआंगले सन्चरा माध्यमलाई चीनले उक्त बैठकको स्वागत गरेको बताए ।

उनले भने– दुई नेताबीच मित्रवत भेटवार्ता भयो, जसको स्वागत गर्न चाहन्छौं । उनीहरुको रचनात्मक बैठकको सकारात्मक नतिजा बाहिर आउनेछ ।
दुबै नेताले दक्षिण र उत्तर कोरियाबीचको डीएमजेड नजिकै ओहोरदोहोर गरेको पनि जेंङले बताए । निकट भविष्यमा कार्य स्तरमा विचार विमर्सलाई पुन शुरु गर्ने विषयमा यो बैठक विशेष गरी अमेरिका र दुई कोरियाली देशका लागि अत्यन्त महत्वपुर्ण भएको उनले बताए ।

चीनले यस कदमको समर्थन र स्वागत गर्ने उनले थपे । गत महिना चीनका राष्टपति सी जिनपिंगको उत्तर कोरियाको आकश्मिक भ्रमणपछि ट्रम्पले किमसँग यो भेटवार्ता गरेको हो । यो १४ बर्षपछि पहिलो पटक कुनै चिनियाँ नेताले गरेको उत्तर कोरियाको यात्रा थियो ।

अज्ञात वस्तु देखिएको दावी
यसैबीच दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सीमा नजिकै एक ‘अज्ञात वस्तु‘ उडिरहेको देखिएको दावी गरेको छ । सोमबार सैन्य रहित क्षेत्र (डीएमजेड)का मध्य क्षेत्रमा उसको राडाले एक अज्ञात बस्तु उडिरहेको पाएको दक्षिण कोरियाका सैन्य प्रमुखले बताए ।

उनले यस विषयमा विस्तृत जानकारी दिएको छैन । डिएमजेड विश्वमा सबैभन्दा धेरै सुरक्षा ब्यवस्था गरिएको सीमा क्षेत्र हो । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आइतबार उक्त क्षेत्रमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्