भ्रष्टाचारको परिभाषा के ?



भ्रष्टाचार मुलुककालागि महारोग जस्तै भएको छ । जता हे¥यो उतै भ्रष्टाचार सरकारी कर्मचारीदेखि नेता सम्म, वकिल देखि चिकित्सक सम्मले भ्रष्टाचार गरेको समाचार दिन दिनै आउने गरेको छ । पछिल्लो समय सुरक्षा निकायका प्रमुखहरु भ्रष्टाचारको केसमा मुद्धा खेप्दै बसेको दृष्य धरहरबाट पटक पटक नदेखिएको होईन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्ट भन्दै सरकारी सेवामा रहेका बिरुद्ध ठुलो रकम बिगो सहित बिषेश अदालतमा मुद्धा दायर गर्छ । अदालत प्रमाण नपुगेको भन्दै सफाई दिन्छ । हैन प्रमाण नै नपुग्ने गरी अदालतमा मुद्धा दायर गराउने अख्तियार गलत कि करोडौ भ्रष्टाचार गरेको आरोप लागेकाहरुलाई बिना सर्त सफाई दिनुको अर्थ धरहराले अझै बुझेको छैन ।

हैन करोडमा भ्रष्टाचार भएको अभियोगमा अदालतले एक रुपिया पनि भ्रष्टाचार भएको छैन भनेर सफाई दिनुको अर्थ के होला । एउटा अभियुक्त करार गर्ने अर्को सफाई दिने परिपाटीले मुलुकमा भ्रष्टाचार रोकिएला त खै धरहरा त अलममा नै छ है पाठक बृन्द तपाई संग गतिलो सुझाव भए पाउं ??

प्रतिक्रिया दिनुहोस्