रोबोर्टले बेरोजगारी बढाउने संकेत



न्युयोर्क (एजेन्सी)
रोबोट मानवको काम अत्यन्त चुस्त तरिकाले गरिरहेको छ । यसले मानवलाई जोखिमपुर्ण काममा मात्र नभई बौद्धिक स्तरको काममा पनि विस्थापित गर्दै आइरहेको छ ।

यो अर्थब्यवस्थाका लागि राम्रो कुरा हो तर यसको खतरा पनि छ । रोबोट्सका कारण सन् २०३० सम्म विश्वभरीमा उत्पादन क्षेत्रका २ करोडको रोजगारी खोसिने अनुमान गरिएको छ । अर्थात उत्पादन क्षेत्रमा ८ दशमलव ५ कर्मचारीको स्थान रोबोटले लिन सक्छ ।

अक्सफोर्डले हालै जारी गरिएको प्रतिवेदनमा उक्त अनुमान गरिएको छ । अक्सफोर्ड इकोनोमिक्स पुर्वानुमान तथा विश्लेषण जारी गर्ने अन्तराष्ट्र्यि फर्म हो ।

प्रतिवेदनमा विद्युतिय यन्त्रहरुको मुल्यमा लगातार गिरावत आउनुले रोबोट धेरै कर्मचारीको तुलनामा सस्तो हुँदै गइरहेको छ । सन् २०११ देखि २०१६ को बीचमा रोबोटको औषत मुल्यमा ११ प्रतिशत कमी आएको छ । रोबोट फरक फरक परिस्थितिहरुमा धेरै राम्रो तरिकाबाट काम गर्नमा पनि सक्षम हुन्छ । अर्को तर्फ मेसिन निर्मित सामानको माग पनि बढिरहेको छ ।

अक्सफोर्ड इकोनोमिक्स अनुसार अटोमेसनमा बृद्धीको मामिलामा चीन सबैभन्दा ठुलो अवसर बनेको छ । विश्वब्यापी उत्पादनमा अग्रज बन्न चीन रोबोट निर्माणमा लगानी गरिरहेकोछ ।

सन् २०३० सम्ममा चीनका उद्योगमा रोबोटको संख्या १ करोड ४० लाख पुग्न सक्छ । यो विश्वका बाँकी देशका उद्योगमा रोबोटको संख्याका तुलनामा अत्यन्त धेरै हुनेछ ।

अक्सफोर्ड इकोनोमिक्सको अनुमानमा सन् २०३० सम्ममा रोबोट इन्स्टलेसनमा ३० प्रतिशत बृद्धी विश्वको कुल गार्हस्थ उत्पादनमा ५ दशमलव ३ प्रतिशत अर्थात ४९ खर्ब डलर बृद्धी हुनेछ । यो सन् २०३० मा जर्मनीको अनुमानित जीडिपी भन्दा पनि धेरै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्