पुनः व्यापार वार्ताकालागि सी–ट्रम्प सहमत



ओसाका (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया समकक्षी सी जिनपिंगबीच एक ऐतिहासिक नयाँ ब्यापार सहमतिका लागि उच्च स्तरिय वार्ता पुन शुरु गर्ने सहमति भएकोछ । जापानको ओसाकामा भइरहेको समुह २० को शिखर सम्मेलनका क्रममा ब्यापार युद्धमा सम्बद्ध विश्वका दुई प्रमुख अर्थतन्त्र बोकेका नेताहरुबीच शनिबार वार्ता भएको हो ।

वार्तामा हुने प्रगतीले विश्वब्यापी मुल्यबृद्धी तथा खस्कँदो बजारका लागि जिम्मेवार ब्यापार युद्ध अन्त्य हुने आशा गरिएको चिनियाँ सन्चारमाध्यमले जनाएको छ ।  अमेरिका पक्षबाट चिनियाँ निर्यातमा नयाँ अतिरिक्त कर नलगाउने जनाएकोछ । सरकारी समाचार सेवा सिन्ह्वाले जनाएको छ । दुई देशका आर्थिक तथा ब्यापार वार्ताकार टोलीले विशिष्ट मुद्दाहरुमा छलफल गर्ने सिन्ह्वाले उल्लेख गरेको छ ।

पत्रकार सम्मेलन कार्यक्रम रहेका ट्रम्पले सीसँगको बैठकलाई अत्यन्त राम्रो भएको र ब्यापार वार्ता पुन सही दिशामा फर्किएको बताए । तर उनले वार्ताका विषयमा विस्तृत जानकारी दिएको छैन । वार्ता जारी रहने छ । ट्रम्पले बताए ।

गतबर्ष मात्रै अमेरिकाले चीनबाट आयात हुने करिब २ खर्ब ५० करोड डलर मुल्य बराबरको सामानमा उच्च भन्सार शुल्क लगाएको थियो । त्यसको जवाफमा चीनले पनि अमेरिकाको १ खर्ब १० अर्ब डलर बराबरको सामानमा कर लगाएको थियो । चीनले अमेरिकामाथि इतिहासकको सबैभन्दा ठुलो ब्यापार युद्ध शुरु गरेको आरोप लगाएको थियो ।

अमेरिका चीनबीचको ब्यापार युद्धको मुद्दाले यसपटकको जी २० शिखर सम्मेलनमा अन्य मुद्दा छायामा परेका छन् । चुनावमा हस्तक्षेप नर्ग पुटिनलाई भने जी २० शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयपछि आफना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । यस बैठकमा ट्रम्पले ठट्टा गर्दै चुनावमा हस्तक्षेप नगर्न भेने ।


सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा विशेष अधिवक्तीले ब्यापक रुसी हस्तक्षेप गरको ठोस प्रमाण प्राप्त गरेको प्रतिवेदन आएपछि दुई नेताबीच भएको यो पहिलो भेटवार्ता हो । रुसलाई आगामी चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्न सकिने विषयमा सोधिएको एक प्रश्नको जवाफमा ट्रम्पले मुस्कुराउँदै पुटिन तर्फ औंला तेस्र्याउँदै भने, कृपया चुनावमा हस्तक्षेप नगर्नु होला ।

एक बर्ष अगाडी फिनल्यान्डको हेलसिन्कीमा दुई नेतापछि अन्तिम भेटवार्ता भएको थियो । दुबै नेताले आफुहरुबीच चर्चा हुन गइरहेको विषयमा संक्षिप्त जानकारी दिइरहेकै बेला एक पत्रकारले सन् २०२० को चुनावमा हस्तक्षेप नर्गन राष्ट्रपति ट्रम्पले पुटिन भन्ने हो की भन्ने प्रश्न राखेका थिए ।

जी २० शिखर सम्मेलन

राष्टपति ट्र्रम्पले जवाफमा भने, हो म भन्नेछु ,। त्यसपछि ठट्टाकोे पारामा उनले दोहोर्याउँदै भने , कृपया चुनावमा हस्तक्षेप नगर्नु होला ।

ट्रम्प मोदी वार्ता
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतिय प्रधानमन्त्री मोदीको बैठकमा रुससँग एस–४०० क्षेप्यास्त्र रक्षा प्रणाली खरिद गर्ने विषयमा कुनै चर्चा नभएको बताइएको छ । दुई देशबीच सैन्य सहयोग बृद्धी गर्ने उपायमा चर्चा भएको भारतले जनाएको छ ।

एस–४०० रुसको सबैभन्दा आधुधिक लामो दुरीको स्थलबाट आकासमा प्रहार गर्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो । रुससँग सन् २०१४ मा यो प्रणाली किन्ने चीन सबै भन्दा पहिलो देश बनेका थिए । भारत र रुसले गत बर्ष अक्टोबरमा पाँच अर्ब डलरको एस ४०० हवाई रक्षा प्रणाली सम्झौतामा हस्ताक्षेर गरेका थिए ।

जापान अमेरिका र भारतको त्रिपक्षिय बैठक लगत्तै मोदीले ट्रम्पसँग द्विपक्षिय वार्ता गरेको हो । मोदीको दोश्रो कार्यकालपछि ट्रम्पसँगको यो पहिलो भेटवार्ता हो । हालैमात्र भारतले अमेरिकाबाट आयात हुने सामानहरुमा उच्च कर लगाउने निणयलाई लिएर अमेरिकाले त्यसको कडा आलोचना गरेको थियो ।

वार्तामा ४ प्रमुख मुद्दा इरान, ५ जी, ब्यापार तथा रक्षा सम्बन्धमा चर्चा भएको भारतिय अधिकारीहरुले जनाएको छ । भारतले इरानबाट तेल खरिद गर्न कम गरिसकेको विषयमा मोदीले ट्रम्पलाई जानकारी गराएको र उर्जा सम्बन्धी चिन्तालाई लिएर छलफल गरेको बताइएको छ ।

सन् १९९९ सेप्टेम्बर २५ मा अमेरिकी राजधानी वासिंगटन डीसीमा विश्वका सात प्रमुख देशको संगठन जी ७ ले एक नयाँ संगठन बनाउने घोषणा गरेका थिए । उदयमान आर्थिक सक्तीहरुको खस्कँदो आर्थिक स्थितिबीच गठित यस संगठनको नाम जी २० राखिएको थियो ।

यस संगठनको गठनको बेला विकसित औद्योगिक देशसँगै उडाउँदो बजार चीन र भारतलाई जोड्नु यसको उद्देश्य थियो । जी २० सदस्यमा अर्जेन्टिना, अष्ट्र्ेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रिपब्लिक अफ कोरिया, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत ,अमेरिका र युरोपेली संघ रहेका छन् ।

विश्व अर्थब्यवस्थामा यी सबैको जोडेर ८० प्रतिशत जीडीपीमा योगदान रहेको छ । जापानको ओसाकामा भइरहेको जी २० को यो सम्मेलनको उद्देश्य विश्व अर्थब्यवस्था, ब्यापार तथा लगानी, पर्यावरण तथा उर्जा, रोजगार, महिला सशक्तिकरण, विकास र स्वास्थ्यमा प्रगति हासिल गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्