साप्ताहिक राशिफलः असार १५ देखि २१ गतेसम्म



मेषः
यो साताका दिनहरुमध्ये कुनै दिन राम्रो होला भने कुनै दिन निराश हुनुपर्ने अवस्था आउन सक्छ । त्यसैले प्रयास जारी राख्दै धैर्यता र सतर्कता अपनाउनुपर्ने देखिन्छ । दुर्घटना, चोटपटक, वादविवाद, आर्थिक नोक्सानीको सम्भावना अधिक छ । सावधानी अपनाउनुहोला । मंगलबार, बुधबार र शनिबार उपलब्धिमूलक छ । यी दिनमा कार्य सफल, मान–सम्मान, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।

वृषः
तपाईंका लागि यो साताका धेरैजसो दिन फलदायक छन् । केही परिश्रम गरेमा कतैबाट आम्दानी होला । कसैको सत्कारले मिष्ठान्न भोजनको अवसर मिल्ला । साथै मानसिक प्रसन्नता, खुशीको अनुभव होला । काममा सफलता प्राप्ति होला । तर मंगलबार र शनिबार भने विनाकाममा खर्च हुनेछ । मानसिक चञ्चलता, चोटपटकको भयका साथै विवादमा परिने सम्भावना छ । सतर्कता अपनाउनुपर्ला ।

मिथुनः
साताको शुरु सोमबारसम्म त्यति सन्तोषजनक छैन । छिमेकी–साथीभाइसँग विवाद, दुर्घटना, चोटपटक, रोगको भय, असफलता हुने देखिन्छ भने बाँकी सबै दिन उपलब्धिमूलक छन् । उपहार, सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ । व्यापार, ठेक्कापट्टा, पढाइ, खेलकुद आदिमा सफलता हासिल हुने, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता, फाइदाजनक भ्रमण, कार्य सफल हुने देखिन्छ ।

कर्कटः
साताको धेरैजसो समय उत्तम फलदायक छ । मंगलबार र बुधबार काममा बाधा–व्यवधान, धन र समयको नोक्सानी, स्वास्थ्यमा प्रतिकूल असर परे पनि अन्य सबै दिन शुभ छन् । विपरीतलिंगीसँको सम्बन्धमा प्रगाढता आउनेछ । कुनै सवारीसाधन वा सम्पत्ति जोड्ने सम्भावना छ । कूटनीति, बोली, कार्यशैली आदिबाट राम्रै काम बन्ला । लाभदायक एवम् रोमाञ्चित यात्राको सम्भावना छ ।

सिंहः
साताको धेरैजसो दिनहरु शुभ छन् । शारीरिक स्फूर्ति बढ्नेछ । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बिहीबार र शुक्रबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ ।

कन्याः
साताको मध्यभाग धेरै उपलब्धिमूलक छ । आँटेका कामहरु पूरा होलान् । साथीभाइ–इष्टमित्रबाट राम्रै सहयोग पाइएला । खाद्यान्न प्राप्तिको सम्भावना छ । बौद्धिक क्षमताको प्रयोगले ठूलै काम बन्नेछ । सामान्य परिश्रमबाट राम्रै आम्दानी होला । तर साताको शुरुका दुई दिन राज्यका तर्फबाट डर, तिर्न बाँकी ट्याक्स तिर्न दबाब, मान–प्रतिष्ठामा कमी आउनेछ भने शुक्रबार चोटपटकको भय छ ।

तुलाः
शुरुमा रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, आकस्मिक खर्च भए पनि तपाईंका लागि यो साताको धेरैजसो दिन फलदायक नै छन् । बुधबारबाट सबै समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिकर्मीहरुका लागि झनै सफलता हुने देखिन्छ । कतैबाट राम्रै आर्थिक लाभ होला ।

वृश्चिकः
तपाईंका लागि यस साताको मध्यभाग मंगलबार र बुधबार त्यति राम्रो देखिँदैन । बाँकी दिनहरु शुभ फलदायक छन् । विविध वस्तु वा सेवाको प्राप्ति होला । आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ । तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ ।

धनुः
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन् । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ । कतैबाट खाद्यान्न लाभ होला । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बिहीबार र शुक्रबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ । धन हानि, मान हानिको सम्भावना छ । धैर्य गर्नुहोला ।
मकरः
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । सोमबारसम्म ग्यास्टिक, वायुजन्य रोगको सम्भावना र काममा असफलता हुने देखिन्छ भने त्यसपछिका दिनहरु उत्तम फलदायक छन् । प्रतियोगिताहरुमा भाग लिएको भए विजय, रोजगारको प्रयासमा सार्थकता, मुद्दामामिलाको टुंगो लाग्ने भएमा जित्ने सम्भावना छ । व्यापारबाट आशातीत आम्दानी हुनेछ । तर शनिबार भने रोगव्याधीको भय छ ।

कुम्भः
तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक छन् । खेलकुद, परीक्षाजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा सफलता मिल्ला । आर्थिक लाभ हुनाले खर्चको सन्तुलन मिलाउन सहज हुनेछ । विपरीतलिंगीबाट सहयोग एवम् सुख–सन्तोष पाइनेछ । तर मगलबारसम्म भने त्यति राम्रो देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, पेसा–व्यवसायमा बाधा व्यवधान, प्रतिष्ठामा आँच आउन सक्छ ।

मीनः
साता मिश्रित फलदायक छ । सोमबारसम्म द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मानमा वृद्धि, ठूलै उपलब्धिको सम्भावना छ । तर मंगलबार र बुधबार परिवार–इष्टमित्रमा विवाद सृजना हुने, व्यर्थमा दौडधुप हुने, दिनचर्या अस्तव्यस्त हुनेछ । त्यसपछिका दिनहरुमा भने गरेका कामहरु सफल हुने, लगानीबाट लाभांश पाइने, व्यापारिक कारोबारबाट लाभ मिल्ने, खेल–परीक्षा आदिमा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्