तक्मा पाउने योग्यपात्र



शनिवार यसै पनि सार्वजनिक विदा उसै पनि सार्वजिक विदा । शनिवार सरकारी निकाय खुल्दैनन्, सरकारी सवारी पनि गुड्दैनन् भन्ने कुरो उम्रेदेखि खुम्रेसम्मका आम नेपालीलाई थाह छ । तर हिजो शनिवार विहान भने काठमाडौंको कपनतर्फ अचम्मैको दृश्य देखियो ।

कपनको एकताबस्तीको ट्रायल सेन्टरमा गाडीका सिकारु देखिए, त्यो पनि सरकारी गाडी सहित । विहान आठ बजे आसपासमा देखिएको बा १ झ ८२०० नम्बरको सरकारी गाडी धेरै वेरसम्म ट्रायल सेन्टरमा निधक्क फन्को मारिरहेको देखियो । ‘गाडी सुविधा पाउने यी मनुवा पक्कै पनि शितलनिवास र बालुवाटारका विशेष हुनुपर्छ’–एकतावस्ती आसपासमा यस्तै तर्क चलेको धरहराबाट प्रष्टै देखियो ।

धरहरालाई लाग्या कुरो–अब यी मनुवाले सरकारी विभुषण र तक्मा पाए भने अनौठो नमाने भो ।

प्रतिक्रिया दिनुहोस्