२ सय महिलाले लिए पाठेघरको मुखको निःशुल्क स्वाथ्य सेवा



ललितपुर। ललितपुर महानगरपालिका वडा नम्बर १८ ले महिलाहरुको पाठेघर मुखको क्यान्सरको निशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको छ । पाटन एकेडेमी अफ हेल्स साइन्स मास्टर्स इन नर्सिङ पहिलो वर्षका ६ जना विद्यार्थीले गरेको सर्वेक्षणको आधारमा वडा कार्यालयले स्वाथ्य शिविर आयोजना गरेको हो । स्वाथ्य शिविरमा करिब २ सय महिलाले पाठेघरको मुखको निशुल्क स्वाथ्य परीक्षण गरेका थिए ।

नेपाल क्यान्सर केयर फाउण्डेशन र पाटन एकेडेमी अफ हेल्थ साइन्स स्कुल अफ मिड वाइफरी ललितपुर नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा हिजो शनिबार सम्पन्न शिविरमा चिकित्सक द्धय सरिता घिमिरे र परमेश्वरी श्रेष्ठले स्वाथ्य परीक्षण गर्नुभएको थियो ।

वडा कार्यालयले पहिलोपटक आयोजना गरेको शिविरमा महिलाको उल्लेख्य सहभागिता रहेको वडा अध्यक्ष पुरुषोतम खड्काले जानकारी दिनुभयो । वडाका महिला सदस्य रुकमिणी महर्जन, रेश्मा थापा र राधिका रोक्काले समेत पाठेघरको मुखको परीक्षण गराउनुभएको थियो । शिविरका संयोजक एवं वडा सदस्य गोपाल डंगोलले शिविरले महिलाहरु उत्साहित भएको जानकारी दिनुभयो ।

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गतट संचालित स्कुल अफ नर्सिङ स्टडिज अन्तर्गत मास्टर्स इन नर्सिङ स्टडिजका पहिलो वर्षमा अध्ययनरत निमा महर्जन, देवकली श्रेष्ठ, शुष्मिता शर्मा,चन्द्रकला क्षेत्री, अनिता आचार्य र अनुपमा सिग्देलले गएको जेठ १३ देखि असार ६ गतेसम्म सर्वे गरेर वडा कार्यालयलाई रिपोर्ट बुझाएका थिए ।

सोही रिपोर्टको आधारमा वडाले शिविर संचालन गरेको हो । संयोजक महर्जनले वडाले यस्ता शिविरलाई निरन्तर रुपमा संचालन गरिने जानकारी दिनुभयो । अध्यक्ष खड्काले वडाले अगामी आवमा स्वाथ्य सम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रम संचलन गर्ने योजना बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्