उपत्यकामा गुठी र स्वाधिनताका लागि खबरदारी मोटरसाइकल जुलुसः फोटो फिचर



काठमाडाैँ ।
उपत्यकामा खबरदारीका लागि मोटरसाइकल जुलुस निकालिएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्वारा आयोजित जुलुसले शनिबार दिउँसो उपत्यकाका विभिन्न स्थान परिक्रमा गरेको हो।

पहिचान गुठी र स्वाधिनताको लागि उक्त जुलुस निकालिएको आयोजकले बताए। बिहान १० बजे न्यूरोडको जुद्ध सालिकबाट मोटरसाइकल जुलुस निकालिएको थियो।

उक्त जुलुसले काठमाडौंका विभिन्न स्थान परिक्रमा गरेर भक्तपुर प्रस्थान गरेको थियो। भक्तपुर परिक्रमा गरेपछि जुलुसले ललितपुर परिक्रमा गर्ने छ। त्यसपछि कीर्तिपुर गेटमा पुगेर जुलुसको समापन हुनेछ।

तस्वीरः उजाेल डंगाेल

प्रतिक्रिया दिनुहोस्