सरकारको ग्रेड चाहिँ कुन हो ?



परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा प्रकाशन गरेसँगै सामाजिक सञ्जाल पुरै एसईईमय भएको छ । बधाई लिने दिनेको ओहिरो लाग्या छ । छोरा छोरी मात्रै होइन धेरै ठाउँमा बाबु छोरा, आमा छोरी उत्तिर्ण भएका खवर आइरहेको छ । नायिका करिष्मा मानन्धर वी प्लस ल्याएर उत्तिर्ण बनिन् भने नेकपा नेतृ शान्ता चौधरीले वी ग्रेड र उनकी छोरीले वी प्लस ल्याएकी छिन् ।

नतिजा थाह पाए लगत्तै करिष्मा र चौधरीलाई बधाई दिने धेरै देखिए । बधाई दिनेको सूचीमा प्रधानमन्त्री, मन्त्री र नेता समेत छन् । खुशीयाली आदान–प्रदान गर्नु अस्वभाविक होइन । तर ऊ बेला बुर्जुवा शिक्षा बहिस्कार गरेर नेता बनेका र पटक–पटक मन्त्री भएकाहरु बधाई दिन अघि सरेको देख्दा धरहरालाई चाहिँ कता कता लाजै लाग्यो है !

एसईईको नतिजाले ल्याएको खुशीयाली आदान÷प्रदानको तरङ्ग सरकारी सेवा सुविधा र अन्य क्षेत्रमा पनि यसरी नै बाढ्न पाएको भए पो अझ गज्जब हुन्थ्यो । तर के गर्नु त्यस्तो माहोल कहिँकतै देखिन्न । साँच्ची, सरकारले ग¥या काम कार्वाही एसईईझैं ग्रेडिङ स्टिममा बदल्ने हो भने सरकारले कुन ग्रेड पाउँछ कुन्नी ? सरकारी ग्रेड घरघरमा दिपावली गर्ने प्रकृतिको हो कि ब्लाक आउने गर्ने ग्रेड हो, यसो विज्ञहरुले सुझाए हुने ।

प्रतिक्रिया दिनुहोस्