ई स्पोर्ट्स भदौमा



काठमाडौं, (नेस)
आउँदो भदौमा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो नेपाल ई स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो आयोजना गर्न लागेको छ ।

भदौ २० र २१ गते आयोजना हुने प्रतियोगितामा डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो) खेल हुनेछन् । डोटा च्याम्पियन हुनेले आगामी डिसेम्बर ११ देखि १५ सम्म हुने ११ औं विश्व च्याम्पियनसिपका लागि छनोट हुनेछन् । यसबाहेक ई–स्पोर्ट्स च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलको प्रसिद्ध खेल ‘फिफा’ मा पनि प्रतिस्पर्धा पनि हुनेछ ।

यसका लागि खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ । सबै खेलको विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्। नेसाले सबै खेल गरेर कम्तिमा ८ सय खेलाडीले सहभागिता जनाउने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्