खस्कियो नेपालको एक दिवसीय क्रिकेट वरियता



काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको बरियतामा नेपाल खस्केको छ । एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । टी–२० वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ ।

एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएर युएई विरुद्धको तीन खेलको एक दिवसीय सिरिज २–१ ले जितेपछि नेपाल वरियतामा पर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्