विदेशी च्यानल नहेर्दा असर पर्छ ! – हरिवंश आचार्य



विदेशी च्यानलहरूमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ। यसको विरोधमा टेलिभिजन च्यानलका विक्रेताहरूले २४ घन्टा विदेशी च्यानल बन्द गर्ने निर्णय गरेका छन्।

के यो विरोधले हामीलाई केही असर गर्छ? हामी नेपालीले २४ घन्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केही असर पर्छ? नेपालमा प्रसारण हुने सबै विदेशी च्यानल विज्ञापनरहित हुनु हाम्रो लागि राम्रो हैन र? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुनेछ। एकपटक हैन पटक–पटक सोचौं। नेपाल सरकारको यो हिम्मतिलो निर्णयमा हाम्रो साथ छ। समर्थन छ। जय नेपाली विज्ञापन। जय नेपाली कलाकार। जय नेपाली प्राविधिक।

प्रतिक्रिया दिनुहोस्