राम्रो खेले पनि मनाङ जितेन



नेपाल समाचारपत्र, काठमाडौं
नेपालको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङदी क्लबले एएफसी कप छनोट चरणको अन्तिम खेलमा पनि जित हात पार्न सकेन ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले पाहुना टोली भारतको चेन्नाईयिन फुटबल क्लबसँग ३–२ को हार बेहोरेको हो । योसँगै समूह ई मा होम र अवे गरी ६ खेलमा मनाङले जित हासिल गर्न असफल भयो । टोलीले दुई खेलमा बराबरी खेलेर २ अंक जोडेको छ । समूहमा टोली अन्तिममा परेको छ ।

समूह ई बाट बंगलादेशको ढाका अबहानी लिमिटेड एएफसी कपको दोस्रो चरणमा प्रवेश गरेको छ । टोलीले गुवाहाटीमा भएको अवे खेलमा भारतको मिनर्भा पन्जाबमाथि १–० को जित निकाल्दै दोस्रो चरणका यात्रा तय गरेको हो । अन्तिम मिनेटमा मसीह सैगानीले गरेको गोलले अबहानीलाई नकआउट चरणमा पु¥याएको हो । यो जितले टोलीले १३ अंक जोड्दा दोस्रो स्थानमा रहेको चेन्नाइयिनले ११ अंक जोडेको छ । मिनर्भाको भने ५ अंक रहेको छ ।

हिजोको खेलमा मनाङले २–० ले पछि परेर पनि खेल बराबरीमा ल्याएर राम्रो प्रदर्शन गरेको थियो । तर अन्तिममा गोल आत्मसात गर्न पुग्दा मनाङले प्रतियोगितामा पहिलो जित हात पार्ने अवसर गुमाएको थियो । टोलीलाई आफिज ओलाडिपोले फटाफट दुई गोल गर्दै बराबरीमा पु¥यार्एका थिए । उनले ७१औं र ७९औं मिनेटमा गोल गर्दै मनाङलाई जितको निकट ल्याए ।
तर यसपछि गोल विपक्षी टोलीबाट हुँदा मनाङको लागि दुर्भाग्य बन्यो । खेल सकिन २ मिनेट बाँकी हुँदा मोहम्मद रफीले गोल गरेका थिए । यसअघि पनि रफीले नै ५३औं मिनेटमा गोल गर्दै मनाङलाई १–० ले पछि पारेका थिए । ६६औं मिनेमा अली साबियाले गोल थपेर टोलीको अग्रता २–० मा पु¥याए ।

मनाङको प्रदर्शन
अबहानीविरुद्ध ०–१ पराजित
चेन्नाइयिनविरुद्ध ०–२ पराजित
मिनर्भाविरुद्ध २–२ बराबरी
मिर्नभाविरुद्ध १–१ बराबरी
अबहानी ०–५ पराजित
चेन्नाइयिन २–३ पराजित

मनाङका गोलकिपर विशाल श्रेष्ठ गोल हुनबाट जोगाउन बल पन्च गर्दै । तस्वीरः उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्