अपजसको भारी



सरकार जताततै असफल सरकारका सफलताका कहानी आजकल कतै सुन्न पाइन्न । सफलता भन्ने शब्द अव यो सरकारसंग रहेन । जे काम गरेपनि अवजसको भारी बोक्ने ओली सरकारलाई जनताले मात्र होईन आफ्नै गुठका नेता तथा कार्यकर्ताले बिस्तारै छोड्दै खुमलटारसंग कुम मिलाउन थालेपनि उखान भनेर नथाक्ने ओली बालाई राम्रै झट्का लागेको धरहराले देख्न थालेको छ ।

जे गरेपनि बिरोध राम्रो गरेपनि बिरोध नराम्रो गरेपनि बिरोध यस्तो तालले ५ बर्ष सरकार टिक्ला त ?? अहिले प्रश्नमाथि प्रश्न थपिएको थपिएै छ तर ओली सरकार फुङमाङ हुदै गर्दापनि चेत नआएको देखेर भने धरहरा तीन छक परेको छ । हैन के हो यस्तो अचम्म सल्लाहकारले गलत सल्लाह दिए केपी वालाई भनेर सरकारवालाहरु बजारमा धुरुधुरु रुदै हिडेको देख्दापनि ती सल्लाहकारलाई पाखा लगाउन नसक्ने ओली बालाई के तेस्तो बित्यास परेछ धरहराले बुझेको भए मरिजाउं ।

संघीयतामापनि सरकारले धोती फुस्काई सक्यो, बिभिन्न बिधेयकले पनि सरकारलाई थाल खाउ न भात खाउ पारी सक्यो त्यती गर्दापनि चेत नआउने ओली बाका सरकार आज हो की भोलि भन्नेहरुको जमात बजारमा बढ्दै गएको देखिन्छ तै पनि सरकारवाला भने डेग चलेको देखिदैन हैन ? सरकार के भाको कुन्नी धरहराले पनि बुझेन कही तपाईहरुले बुझको भए जानकारी पाम है पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्