पूर्वाधार ‘भर्सेस’ मानवीय विकास



नेपाल समाचारपत्र, ललितपुर
चालँ आर्थिक वर्षको बजेटको अधिकाशं हिस्सा ललितपुर महानगरपालिका– १६ ले क्षमता विकास खर्चिएको छ ।वडाको यस कार्यप्रति गत शनिबार सम्पन्न वडाभेलामा अधिकाशं वडाबासीले सराहना पनि गरे ।आफ्नै पार्टीका केही वडाअध्यक्ष र कार्यकताहरुले वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई पूर्वाधारमा प्राथमिकता नदिएका भनि आरोप लगाउने गरेका छन् ।

यस वडालाई चालँ आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजित गरिएको छ । त्यसमध्ये १ करोड त क्षमता विकासमै खर्चिएको थियो । अरु वडाको तुलनामा तालिम, प्रशिक्षण, अभिमुखीकरण, युवा परिचालनदेखि कला र संस्कृतिको महोत्सवसम्म आउँदा नेपाली काँग्रेसकै वडाहरुबीचबाट यस्तो कुरा सुनिन थालेको थियो । यही कुरा एक कान, दुई कान मैदान हुँदै चोैथों नगरसभासम्म आउँदा वडाको लक्ष्य पूर्वाधार कि मानवीय विकास भन्ने बहस सतहमा आएको थियो ।

‘वडाले आफ्नो आवश्यकता ,वडाबासीको चाहनालाई हेरेर प्राथमिकता निर्धारण गर्ने हो ।१६ वडा भनेको मूर्त र अमूर्त संस्कृति, सम्पदा, बहाबहीको खुल्ला संग्रहालय हो ।यस्तो वडामा संस्कृति संरक्षण, क्षमता विकासले मुख्य प्राथमिकता पायो ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो । बाटो बनाउने, ढल मर्मत गर्ने, ढुंगा छाप्ने, पीच गर्ने कार्य नै विकासको एक मात्र परिभाषा हो भन्ने अधिकाशं वडाअध्यक्षको बुझाई रहेको छ ।यही बुझाईले गर्दा मानवीय विकासलाई गौण वा कम प्राथमिकतामा राख्ने गरेको पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।

ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा वडाले आयोजना गरेको कला , संस्कृति महोत्सव सिंगो ललितपुरको आवश्यकतालाई परिपँर्ति गर्ने कार्यको रुपमा सरोकारवालाको स्वीकारोक्ति रहेको छ । वडा स्तरबाट गरेको सो कार्य वडा भेलामा पनि धेरैले सराहना पनि गरे । यस कार्यप्रति भित्रीभित्री बेखुस रहेका आफ्नै पार्टीका कार्यकताहरुले पूर्वाधारमा ध्यान नदिएको भनि हौवा पिटेकोको रुपमा पनि यसलाई नलिएको होइन ।यसले वडाको उद्देश्य पँर्वाधार कि मानवीय भन्ने बहस छेडेको छ ।

ललितपुर महानगरपालिका– ११ को अवस्था भने उल्टो छ । वडाअध्यक्ष इन्द्रमान महर्जनले एक पटक खेलकुद विकास विकासमा नपर्ने भनेपछि युवावर्गको आक्रोशित भएका थिए । पाटनका भित्री बस्तीहरुका अधिकाशं वडामा पँर्वाधारले बढी प्राथमिकता पाएको छ । लक्षित वर्गको विकास र क्षमता विकास कार्यक्रमलाई विकास परिभाषाभित्र नपर्ने जस्तो ठानिएको छ ।

यस्तो किन भयो त ? वडाअध्यक्षको आ आफ्नो बुझाई, पृष्ठभँमी र स्कुलिङले गर्दा यस्तो भएको ललितपुर महानगरपालिकाका वडां १६ का सल्लाहकार दिलेन्द्र श्रेष्ठले बताउनुभयो ।वडाअध्यक्षहरु कोही सामाजिक, कोही औद्यँेगिक, कोही म्यानपावर, कोही घर जग्गा व्यवसायी पृष्ठभँमीबाट आएका छन् । वडाको वस्तुस्थिति, विकासको आवश्यकता पनि फरक छ ।

अर्कोतर्फ विकास भन्ने बितिक्कै बाटो बनाउने, ढल बनाउने भन्ने सानै उमेरदेखि मनमस्तिष्कमा जकडिएकोले पनि पूर्वाधार र मानवीय विकासलाई परस्पर विरोधी रुपमा बुझन् गरेको सल्लाहकार श्रेष्ठको भनाई रहेको छ । ‘विकास भनेको समष्टिगत हो । पँर्वाधार विकास मात्र विकास होइन । मानवीय विकास पनि खाँचो छ ।’ श्रेष्ठले भन्नुभयो ।

१६ वडाको परिवेशमा क्षमता विकासले प्राथमिकता पाउनुलाई स्थानीय आवश्यकताको उपजको रुपमा श्रेष्ठले लिनुभएको छ ।अर्कोतर्फ यसमा वडाअध्यक्षको सामाजिक पृष्ठभँमीले पनि काम गरेको छ ।जीवनको अधिकाशं समय सामाजिक सेवा र विभिन्न सामाजिक गतिविधि, गीति, सांगीतिक र थ्री स्टारमा आबद्ध रहेको भोगाईले पनि मानवीय विकासलाई प्राथमिकताको रुपमा राखेको बताउँदै शाक्यले भन्नुभयो ‘ विकासको नयाँ उदाहरण पेश गरेको हौं ।’

यसै अवस्थामा महानगरपालिकाको चौथौं नगरसभामा प्रस्तुतमा नीति तथा कार्यक्रममा वडाको बजेटलाई सिमाकंन गर्ने कार्यविधि बनाउने उल्लेख गरिएको छ। महानगरपालिका अनुसार ६० प्रतिशत रकम पँर्वाधारमा खचिनुपर्ने गरी रकमको सिमांकन गर्ने गरी कार्यविधि बनाउने तयारी भइरहेको छ ।

पँर्वाधार कि मानवीय भनेर यसलाई परस्पर विपरीत अर्थमा बुझन् आवश्यक नभएको भन्दै ललितपुर महानगरपालिकाका २४ का वडाअध्यक्ष्ँ दिनेश कार्कीले भन्नुभयो ‘कुनै ठाउँमा पँर्वाधार विकास बढी आवश्यक होला , कतै संरक्षण, सम्र्वद्धन वा क्षमता विकास । नयाँ गाभिएको वडामा पँर्वाधारको बढी आवश्यकता छ । त्यस्तै भित्री वडामा त्यस्तो नहुनपनि सक्दछ ।’

‘मानवीय विकास पनि विकास नै हो’


निर्मलरत्न शाक्य
अध्यक्ष ललितपुर महानगरपालिका– १६
वडाको विकास कुनै व्यक्ति विशेषले मात्र गर्ने होइन ।सबैको सक्रिय सहभागिताले हासिल हुने प्रतिफल नै विकास हो ।फेरी विकास भनेको बाटो बनाउने, ढल बनाउने मात्र होइन ।यद्यपि यो पनि चाहिन्छ । विकास भनेको मानवीय विकास हो ।निरन्तर मानवीय विकासले नै भौतिक विकासलाई दीगो, मानवमैत्री, सम्पदामैत्री र पर्यावरणमैत्री बनाउन सक्ने छ ।मानवीय विकास भएन भने आज बनाएको बाटो भोलि खाल्डो खन्ने, पर्सि फेरी पीच गर्ने र अनि बाटो बनाउने चक्रमा फसिने छ । त्यसैले बजेटको अत्यधिक हिस्सा यसतर्फ खर्च गरेका होै ।

वडाबासीको जीवनको समग्र पक्षमा परिर्वतन हुने सकारात्मक परिर्वतन नै विकास हो । यस्तो विकासलाई साकार बनाउन सबैको प्रयास आवश्यक रहेको छ ।यही प्रयासका उपजको रुपमा वडाबासीको पहुँच र अपनत्व वडामा स्थापित भएको छ ।नेपाल भाषा,संस्कृति, धार्मिक, खेलकुद, स्वास्थ्य, सरसफाई लगायत विविध क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई वडाको सहयोगले मनोबल उच्च बनाएको छ ।सामँहिक हिततर्फ अग्रसर हुन हौसला मिलेको छ ।यसलाई पनि वडाको विकासको रुपमा लिनुपर्दछ ।

विकास भनेको वडाले लाद्ने मात्र नभई वडाबासी सबै मिलेर आउने परिर्वतन हुन् ।स्थानीयको सहभागिता बिना वडा आफ्नो गन्तव्यमा पुग्न सक्दैछ । त्यसैले मानवीय विकासलाई प्राथमिकता दिएको हौं।

प्रतिक्रिया दिनुहोस्