कालीगण्डकी उत्खननमा कडाई गर्ने जलजला गाउँपालिकाको निर्णय



पर्वत । पर्वतको जलजला गाउँपालिकाले बर्षा याममा कालीगण्डकी नदीमा ढुंगा, गिटी बालुवा उत्खननमा कडाई गर्ने भएको छ ।  गाउँ कार्यपालिकाले असार महिना देखि भदौ १५ सम्म नदीजन्य पर्दाथ उत्खननमा पुर्णरुपमा रोक लगाउने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक बर्षमा भएको नदी उत्खनन सम्बन्धी निर्णयमा छानबिन थालेपछि पालिकाले यस बर्ष कडाई गर्ने निर्णय गरेको छ ।

यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरि ढुंगा, गिट्टी बालुवाको अबैध उत्खनन भएको आरोप खेल्दै आएको थियो ।  पर्वतमा  नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने जलजला गाउँपालिका भित्र असार, साउन र भदौमा नदीबाट स्काभेटर प्रयोग गरेर  बढी मात्रामा बालुवा उत्खनन हुँदै आएको थियो । बर्षा याममा नदीजन्य पर्दाथ उत्खनन गर्न ऐन कानुनले समेत रोक लगाएका कारण यसलाई पुर्णरुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भन्नुभयो अब ऐन कानुन उल्लखन गरेमा कडा काबार्ही गर्छौ

भदौ १५ सम्म नदीमा स्काभेटर प्रयोग गरिएमा जरिवाना रकम समेत अत्याधिक नै तोकिएको छ । पहिलो पटक स्काभेटर प्रयोग गरिएमा ६० हजार र दोस्रो पटक प्रयोग भएको भेटिएमा दोब्बर जरिवाना लिने निर्णय समेत कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । बर्षा याममा उत्खननमा रोक लगाइएपनि निकासी कर भने नियमित रुपमा संंकलन गरिने भएको छ । हिउँदमा जम्मा भएको नदीजन्य पर्दाथ बिक्रीबाट आउने कर भने नियमित रुपमा नै उठाउँछौ शर्माले भन्नुभयो ।

कालीगण्डकीले अत्याधिक मात्रामा बालुवा लगायतका नदीजन्य पर्दाथ बगाएर ल्याउने भएकाले बर्षा याममा उत्खनन गर्दा पनि पर्याबरणीय असर भने नपर्ने दाबी गरिदै आइएको छ। तर नदीमा दोहन भयो भनेर अख्तियार देखि अदालत सम्म धेरै मुद्दा परेपछि गाउँपालिका समेत ऐन अनुसार नै उत्खनन गर्ने निर्णयमा पुगेको बताइएको छ । यसैगरि चालु आर्थिक बर्षमा समेत वातावरणीय प्रभाब मुल्याँकन प्रतिबेदन अनुसार सम्झौता भन्दा बढी नदीपर्दाथ उत्खनन गरेको पाइएकोले निर्माण ब्यबसायी संग जवाफ माग्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले पालिकाभित्र सञ्चालित अबैध क्रसर उद्योगहरु समेत बन्द गर्ने निर्णय कार्यपालिकाले गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्