अछाममा ट्याक्टर दुर्घटना, तीनको मृत्यु, चार घाइते



धर्मेन्द्र बि सी, अछाम ।
अछामको चौरपाटी गाउँपालिका वडा नं.२ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका(३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका (३ की लक्ष्मी साउद र कालि साउदको पनि मृत्यु भएको छ।

उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए। लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्