रोग बल्झाउने पद



कसैले वर्तमानको प्रशंसासँगै आगामी दिनको थप उन्नति, प्रगतिको गुणगान गाउँछ भने गुणगान गाईमाग्ने व्यक्ति भन्छ– ‘लौ, तिम्रो मुखमा दूधभात जाओस्।’ अर्थात् आफ्नो प्रशंसा गर्ने व्यक्तिले भनेका कुरा पूरा होस् भन्ने ऊ चाहन्छ। कुरो सामान्य प्रगतिको होस् कि, राजनीतिक छलाङ वा अन्य जुनसुकै विषयको होस् प्रशंसा चाहनेले प्रशंसा इन्कार गरेझैं गर्छ अनि दूधभातको प्रसंग जोडिन्छ।

नेकपा अध्यक्ष प्रचण्ड भने केही पृथक देखिएका छन्। उनी आफ्नो बखान र पर्याप्त प्रशंसा खोज्छन् तर अरूलाई दूधभातको आर्शिवाद दिन हिचकिचाउँछन्। मंगलबार चितवनको भरतपुर महानगरको अधिवेशन उद्घाटनका क्रममा प्रचण्डलाई धेरैले भावी प्रधानमन्त्री भन्दै प्रशंसा गरे तर उनले आफूलाई प्रधानमन्त्री नभन्न आग्रह गर्दा धेरै झस्किए।

कार्यक्रममा सहभागी एक–आपसमा कानेखुसी गर्न थालेपछि प्रचण्ड आफैंले प्रस्ट्याए– ‘तपाईंहरू मलाई हत्त न पत्त प्रधानमन्त्री नभन्दिनुस् न, तपाईंहरूले भन्दा मुखमा आएको पनि जान बेर छैन।’ उनको यस्तो तर्क सुन्ने कार्यक्रमका सहभागी सबैले राम्रैसँग खित्का छोडेर हाँसे। प्रधानमन्त्री हुन पनि खोज्ने अनि प्रधानमन्त्री पनि भन्न नहुने भएसी हाँसो रोकियोस् पनि कसरी ?

विचरा प्रचण्ड पहिलो संविधानसभा चुनावताका भावी राष्ट्रपतिका रूपमा चर्चामा छाए। तर, उनी भित्तेराष्ट्रपतिमा सीमित बन्नुप¥यो। उनलाई त्यही डर छ, अहिले पनि त्यस्तै रोग बल्झिने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्