पल्सर स्पोट्र्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक 



नेपाल समाचारपत्र, काठमाडौं
ल्सर स्पोट्र्स अवार्ड इन एसोसिएसन विथ एक्सन स्पोर्टेस एचडी पावर्ड वाई गोल्ड स्टार सुजअन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलनको आयोजना गर्दै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो।

अवार्डका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित छनोट समितिले खेलाडी छनोट गरेको हो। समितिले लामो समय अध्ययन गरी तयार पारेको वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई, जुडोका इन्द्रबहादुर श्रेष्ठ परेका छन्।

त्यस्तै, महिलामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनीता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्। यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जलीकुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन्। त्यस्तै प्रशिक्षकमा प्याराग्लाइडिङका योगश भट्टराई, क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरि खड्का मनोनयनमा परेका छन्।

मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ। एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन्।

वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट वर्ष पुरुष र महिला विजेताले टर्किस एयरलाइन्सबाट जुनसुकै गन्तव्यको दुईतर्फी हवाई टिकट पनि प्राप्त गर्नेछन्। अन्य विधाका उत्कृष्टले जनही ५० हजार रुपियाँसहित गोल्डस्टार र डिस होमको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
वर्षका उत्कृष्ट प्रशिक्षक
योगेश भट्टराई (प्याराग्लाइडिङ)
हरि खड्का (फुटबल)
धनीराम चौधरी (एथ्लेटिक्स)
जगत टमाटा (क्रिकेट)
ज्ञानेन्द्र विष्ट (भलिबल)
वर्षका उत्कृष्ट युवा खेलाडी
अजितकुमार यादव (एथ्लेटिक्स)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
मञ्जलीकुमारी योञ्जन (फुटबल)
ललितनारायण राजवंशी (क्रिकेट)
विजय श्रेष्ठ (कराँते)
वर्षका उत्कृष्ट महिला खेलाडी
सावित्रा भण्डारी (फुटबल)
सरस्वती चौधरी (भलिबल)
सीता रानामगर (क्रिकेट)
निमा गुरुङ (तेक्वान्दो)
मनिता श्रेष्ठ ‘प्रधान’ (जुडो)
वर्षका उत्कृष्ट पुरुष खेलाडी
युकेश गुरुङ (प्याराग्लाइडिङ)
पारस खड्का (क्रिकेट)
इन्द्रबहादुर श्रेष्ठ (जुडो)
 सोमपाल कामी (क्रिकेट)
शुक्रबहादुर राई (गल्फ)
पिपल्स च्वाइस अवार्ड
सन्दीप लामिछाने (क्रिकेट)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
सावित्रा भण्डारी (फुटबल)
रेश्मा भण्डारी (भलिबल)
महेश्वर मर्हजन (शारीरिक सुगठन)

प्रतिक्रिया दिनुहोस्