सल्यानका इकाई प्रमुख घुस रकम सहित रंगेहात पक्राउ



सरिता चलाउने, सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धन बहादुर ओली घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । उनि २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शाखा अधिकृत ओलीलाई घुस रकम लिएकोे अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजिकरण गरेवापत एक सेवाग्राहिसँग घुस लिदै गरेको अवस्थामा उनि पक्राउ परेका हुन ।
ओली गएको वैशाख ११ गते देखि सल्यानमा इकाई प्रमुखको रुपमा कार्यरत थिए ।ओलीको मुद्धाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्धा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सुचना अधिकारी मेघनाथ सापकोटाले बताउनु भयो ।

सेवाग्राहीले सरुवाको विषयमा सेवा लिन खोज्दा घुस लिन खोजेको उजुरी कार्यालयमा परेको थियो सापकोटाले भने सोहि उजुरीको आधारमा हामीले प्रकृया अघि बढाएका हौँ । शाखा अधिकृत वलीले आफ्नो कार्यकक्षमै २५ हजार घुस बुझिसकेपछि अख्तियारको टोलीले उनलाई पक्रेको बताउनु भयो ।

हामीले उनलाई घुस लिएको रकम साथमै रहेको अवस्थामा पक्राउ गरेका हौँ उनले थपे सेवाग्राहीकै उजुरी र गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो । सापकोटाले भन्नु भयो आवश्यक प्रकृया पुरा गरेपछि मुद्धा प्रकृया अघि बढाइने छ ।

सल्यानबाट अख्तियारमा ७१ वटा उजुरी

यसैविच सल्यान जिल्लाबाट अख्तियारमा ७१ वटा उुजरी परेका छन् । ति मध्ये जिल्लाका स्थानिय तहहरुले आफुखुसि खर्च गरेको भन्दै १३ वटा उजुरी परेका छन् ।

१३ मध्ये २ वटा मुद्धा टुंगिएको भएपछि वाँकी ११ मुद्धा अनुसन्धानमै रहेको सुचना अधिकारी सापकोटाले बताए । यस्तै अन्य ५८ मुद्धा मध्ये ३२ वटा शिक्षासँग सम्विन्धत छन् । ५८ मुद्धा मध्ये ३५ मुद्धा र्फछ्यौट भैसकेका छन् भने वाँकी २३ मुद्धा अनुसन्धान प्रकृयामै छन् । अख्तियारमा परेका यि मुद्धाहरु २ वर्षको अवधिका हुन ।

शिक्षा क्षेत्रमा विद्यालय निर्माणमा अनियमितता, व्यवस्थापन समिति गठन प्रकृया नमिलेको, नियुक्ति र परिक्षामा मनपरी भएको लगायतका उुजरी रहेको सापकोटाले बताए । स्थानिय तहसँग सम्वन्धीत भने लागत स्टेमेट अनुसारको काम नगरेको, निर्माण प्रकृयामा अनियमितता, उपभोक्ता समितिले रकम हिनामिना गरेको लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस्