हेटौंडाको बजेट १ अर्ब ८१ करोड



हेटौंडा, (नेस) ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगर उपप्रमुख मीना लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार, राजस्व बाँडफाँटबाट ४५ करोड ८४ लाख ९ हजार, प्रदेश–३ सरकारका विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपियाँ प्राप्त हुने उल्लेख गरिएको हो ।

संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख प्राप्त हुनेछ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट १० करोड बेहोरिने उपप्रमुख लामाले बताउनुभयो । बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब÷भत्तालगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपियाँ बिनियोजन गरिएको लामाले बताउनुभयो ।

कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार छुट्याइँदा सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपियाँ छुट्याएर काम गर्न लागेको उपप्रमुख लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्