सुदूरपश्चिम ५१ रनले विजयी



मदन गिरी, महेन्द्रनगर ।
महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आईतबार भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित ग¥यो ।

प्रदेश नम्बर पाँचले टस जितेर फिल्डीङ रोजेपछि सुदूरपश्चिमले व्याटिङको निन्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अट आउट हुदैँ एक सय रन बनायो ।

उसका लागि कविता कुँवरले उत्कृष्ट पारि खेलिन् । २५ बलको सामना गरेकी कविताले आठ चौका सहित ४३ रनको योगदान गरिन् । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निसा भट्टले आठ, मञ्जु बोकटी चार र टीम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाईन् ।

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन÷तीन विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । एक सय एक रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटीङ गरेको प्रदेश नम्बर ५, १६ ओभरमै अल आउट भयो ।

उसका लागि लक्ष्मी चौधरीले नट आउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका लागि कसिलो बोलिङ गर्ने क्रममा टीम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिईन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई/दुई विकेट लिए । उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुवँर बन्न सफल भईन् ।

प्रतिक्रिया दिनुहोस्