म्याराथूनको उपाधि सिपाही नरेश गिरीलाई



विमल विष्ट, डोटी ।  सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकाले आयोजना गरेको सुदूरपश्चिम पृतनापति ट्रफी अन्तरगत हाफ म्याराथून (२१ कि.मी.) दौडमा भवानीदल गणका सिपाही नरेश गिरीले स्वर्ण पदक जितेका छन् । उहाँले सो दूरी १ घण्टा १२ मिनेट ३६ सेकेण्डमा पूरा गरेका थिए ।

सम्पन्न हाफ म्याराथूनमा रणबम गणका सिपाही सविन तामाङले १ घण्टा १२ मिनेट ३७ सेकेण्डमा दौड पूरा गरी रजत पदक जितेका छन् । त्यस्तै सो दौडमा भवानीबक्स गणका सिपाही सूनिल शाहीले १ घण्टा १३ मिनेट ५४ सेकेण्डमा पूरा गरी कास्य पदक जितेका छन् ।

कैलालीमा सम्पन्न हाफ म्याराथून दौडमा नेपाली सेनाका सुदूरपश्चिम पृतना मातहत रहेका बाहिनी, गण र गूल्महरुका सैनिक कमाण्डरहरु तथा ट्राफीक प्रहरी लगायत विभिन्न खेलका खेलाडीहरु र सर्वसाधारण खेल प्रेमीहरुको उपस्थिती रहेको सुदूरपश्चिम पृतनाका महा सेनानी आरसी खत्रीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम पृतनापति ट्रफी सोमवार अर्थात यहि असार ९ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्