गुठी विधेयकविरुद्ध आन्दोलनः १५ मिनेटलाई ‘ब्ल्याक आउट’



काठमाडौं । गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले आज १५ मिनेटलाई ‘ब्ल्याक आउट’ गरेका छन ।

हाललाई शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिले धम्की दिइरहेका आन्दोलनकारीले आज गुठी विधेयकको विरोधमा बेलुकी १५ मिनेटलाई ‘ब्ल्याक आउट’ गरेका हुन ।

सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरुले दुई हप्तादेखि आन्दोलन जारी राखेका छन्।

गुठियारको अधिकार समाप्त पार्ने प्रावधानसहित ल्याएको विधेयक चर्को जनदबाबपछि सरकारले असार ३ गते विधेयक फिर्ता लिने घोषणा गरेको थियो।

तर, आन्दोलन गरिरहेकाहरुले सरकारले विधेयक फिर्ता लिँदा प्रयोग गरेको भाषामाथि आपत्ती जनाउँदै विधेयक फिर्तामात्र नभइ खारेज नै गर्नुपर्ने माग गरेका छन।

प्रतिक्रिया दिनुहोस्