बास्केटबलको उपाधि रुद्रध्वज गणलाई



विमल विष्ट,डोटी । सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर व्यारेकले आयोजना गरेको सुदूर पश्चिम पृतनापति ट्रफी अन्तरगत बास्केटबल खेलको उपाधि जिल्ला सदरमुकाम सिलगढी डोटीमा तैनाथ रहेको रुद्रध्वज गणले आफनो हात पार्न सफल भएको छ ।

कञ्चनपूर जिल्लाको महेन्द्रनगर स्थित सैनिक खेल मैदानमा भएको उक्त बास्केटबल फाईनल खेलमा रुद्रध्वज गणले भवानीबक्स गणलाई हराई स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । उक्त खेलमा रुद्रध्वज गणका प्युठ बिकास कार्की म्यान अफ द म्याच घोषित हुनु भएको छ ।

सुदूरपश्चिम पृतनापति ट्रफी अन्तर्गतका ७ मध्ये ४ खेलहरु कञ्चनपुरमा सम्पन्न भएका छन् । सम्पन्न भलिबल, बास्केटबल, स्वीमिङ र बक्सिङ खेलका बिजेता खेलाडीहरुलाई एक समारोहको बिच बधाई दिदै श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपती सहायक रथी शरद ढकालले पदक तथा प्रमाण(पत्रद्वारा पुरस्कृत गर्नु भएको थियो ।

उक्त समारोहको क्रममा व्यवस्थापन समिति तथा निर्णायक मन्डललाई विशेष धन्यवाद दिदै बाहिनीपती सहायक रथी ढकालले प्रधान सेनापति ट्रफी २०७६ मा सुदूरपश्चिम पृतनाको शिर उच्च पार्न खेलाडीहरुलाई विशेष निर्देशन दिनु भएको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकका महासेनानी आरसी खत्रीले जानकारी दिनुभयो ।

अन्य खेलहरु अहिले पनि जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्