वार्नरको कीर्तिमान



लन्डन, (एजेन्सी)

ईसीसी क्रिकेट विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा अस्टे«लियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले नयाँ कीर्तिमान रचेका छन् ।
बिहीबार वार्नरले १ सय ६६ रनको शानदार ब्याटिङ गर्दा एउटा अलग्गै कीर्तिमान बन्न पुगेको हो ।

उनी ६ छुट्टाछुट्टै राष्ट्रविरुद्ध व्यक्तिगत १ सय ५० रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । वार्नरले भारतका पूर्वब्याट्सम्यान सचिन तेन्दुलकर र वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेललाई समेत पछि पारेका छन् ।

सचिन र गेलले ५÷५ पटक १ सय ५० रन पार गरेका छन् । वार्नरले ६ पटक यो उपलब्धि हासिल गर्दा उनी भारतकै रोहित शर्माभन्दा पछाडि छन् । रोहितले ७ पटक १ सय ५० रन पार गरेका छन् ।

वार्नरको १ सय ५० रन
पाकिस्तानविरुद्ध १ सय ७९ रन
अफगानिस्तानविरुद्ध १ सय ७८ रन
दक्षिण अफ्रिकाविरुद्ध १ सय ७३ रन
बंगलादेशविरुद्ध १ सय ६६ रन
श्रीलंकाविरुद्ध १ सय ६३ रन
न्युजिल्यान्डविरुद्ध १ सय ५६ रन

प्रतिक्रिया दिनुहोस्