चन्द्र र तोरण जोडिको विजयी शुरुवात



पोखरा ।
नेपाल पुलिस क्लबका चन्द« कुंवर र तोरण चन्दको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा जितबाट थालनी गरेको छ ।
पुरुषतर्फ चन्द्र र तोरणको जोडीले नेपाल एपीएफ क्लबका महेन्द्र श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गर्यो । त्यस्तै नेपाल आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे ।

त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन् ।

यहि असार ७ गते सम्म संचालन हुने प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक÷एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई÷दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद ३० ÷३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०÷ २० हजार तथा तेस्रो हुने टोलीले १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३ ÷३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्