आईसीसी विश्वकपमा डेभिड वार्नरको कीर्तिमानी ब्याटिङ



काठमाडौँ ।
आईसीसी विश्वकपमा अष्ट्रेलियाली ब्याट्सम्यान डेविड वार्नरले १६६ रन बनाउँदै यो विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा सारेका हुन् ।

यसअघि यो कीर्तिमान अष्ट्रेलियाली ब्याट्सम्यान एरोन फिन्च र इंग्ल्याण्डका ज्यासन रोयको नाममा थियो । फिन्चले र रोयले १५३ ब्यक्तिगत रन बनाएका थिए । सौम्य सरकारको बलमा रुवेल हुसेनबाट क्याचआउट हुनु पूर्व वार्नरले १४७ बलमा १४ चौका र पाँच छक्का प्रहार गरेका थिए ।

यो खेलमा वार्नरले अर्को रेकर्ड पनि बनाएका छन् । उनले उश्मान ख्वाँजासँग मिलेर १९२ रनको साझेदारी गरेका छन् । जो जोडीले बंगलादेशका शकिब अल हसन र लिटन दासको १८९ रनको कीर्तिमान तोडको छ । वार्नरको यो विश्वकपमा दोस्रो शतक हो भने समग्र विश्वकपमा तेस्रो शतक हो । उत्कृष्ट फर्ममा देखिएका वार्नरले अफगानिस्तानविरुद्धको खेलमा पनि शतक बनाउनबाट ११ रनले चुकेका थिए । अफगानिस्तानविरुद्ध उनले अविजित ८९ रन बनाएका थिए ।

बंगलादेशविरुद्धको रनसँगै वार्नर यो विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । वार्नरले ६ इनिङ खेल्दा ४४७ रन बनाएका छन् । उनले फिन्चलाई ५१ रनले पछि छोडेका छन् । फिन्चले अहिलेसम्म ३९६ रन छ । यो शतकसँगै वार्नरले विराट कोहलीको शतकसँग बराबरी गरेका छन् । उनले ११० इनिङमा १६ वटा शतक बनाउने विराट कोहलीको कीर्तिमान बराबरी गरेका हुन् ।

सबैभन्दा कम इनिङमा १६ शतक पु¥याउने कीर्तिमान भने दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाको नाममा छ । उनले ९४ खेलमा १६ वटा शतक पूरा गरेका थिए । विश्वकपमा वार्नरको यो तेस्रो शतक हो । यसअघिको संस्करणमा उनले एउटा शतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्