प्रधानमन्त्री कप महिला क्रिकेटः कर्णाली प्रदेशलाई हराउँदै प्रदेश– ३ विजयी



काठमाडौँ ।
प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश तीनले पहिलो जित निकालेको छ । उसले कर्णाली प्रदेशलाई ९० रनले हरायो ।

महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो । उसका लागि अस्मिता खरेलले २८ रन बनाइन भने अस्मिता कर्माचार्यले ४७ रनको योगदान गरिन । यस्तै कञ्चना श्रेष्ठले २८ तथा सुमन खतिवडाले २१ रन थपिन ।

जवाफमा कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो । उसका लागि रुवीना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनु बाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिएन । उनले एक ओभर तीन बलमा एक मेडेन सहित विना रन दिएर ५ विकेट लिइन । नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ विकेट लिने खुसी पहिलो खेलाडी बनिन । यतिमात्र होइन उनले पुरुष क्रिकेटमा पनि एक रन पनि खर्च नगरी ५ विकेट कसैले पनि लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्