समता अस्पतालमा महिला मृत्यु प्रकरणः तीन जना पक्राउ



काठमाडौँ ।
कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धानका क्रममा प्रहरीले समता अस्पतालका तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सो अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी रहेका छन् ।

उनीहरु सबैलाई घटनाबारे सोधपुछका लागि पक्राउ गरिउको प्रहरीले जनाएको छ । मृतक अस्पतालकी सरसफाइ कर्मचारी २७ वर्षीया विमला तामाङको गोजीमा फेला परेका नामको बारेमा अनुसन्धान गर्न भन्दै आफन्तले आन्दोलन गरेका थिए ।

उनको गोजीमा कागजको चिर्कटोमा श्रेष्ठ र केसीको नाम फेला परेको थियो भने ुम्यामु भन्ने शब्द लेखिएको थियो । पक्राउ परेकाहरुलाई बुधबार नै जिल्ला प्रशासन कार्यालयबाट पाँच दिन म्याद थप गरी हिरासतमा राखिएको छ । ३ जेठको बिहान रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको थियो । यसबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्