अमेरिकामा म्युजिक अवार्ड हुने



अमेरिकामा स्थापित वल्र्ड कनेक्सन यूएसए इन्कले न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड–२०१९ आयोजना गर्ने भएको छ।

अवार्डबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली संगीत र अमेरिकी नेपाली मूलधारमा रहेका नेपाली युवाको सांगीतिक प्रतिभालाई प्रवद्र्धन तथा बजार व्यवस्थापन यो कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।

आगामी नोभेम्बरमा हुने अवार्ड समारोहमा १३ विधामा अवार्ड प्रदान गरिनेभएको छ। अवार्डमा नेपाली ठेट भाका र गायनलाई विशेष स्थान दिई सम्मान पनि गरिने आयोजकले जनाएका छन्। १ जनवरी २०१८ देखि ३० अगस्ट २०१९ सम्म सार्वजनिक भएका गीत संगीतले अनलाइन र प्रत्यक्ष फर्म भरेर अवार्ड कार्यक्रममा सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्