वार्षिकोत्सवमा सम्मान



चलचित्र विकास बोर्डले विभिन्न कार्यक्रम आयोजना गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ।

बोर्डले यस अवसरमा फिल्म क्षेत्रको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० फिल्मकर्मीलाई चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६ बाट सम्मान गर्ने भएको छ। फिल्मकर्मीको योगदानको राज्यले पनि सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ यस वर्षबाट यो सम्मान प्रदान गर्न लागिएको बोर्डले जनाएको छ।

त्यसै गरी बोर्डले डिजिटलाइजेसन र रेस्टोरेसन गरेका १० फिल्म आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध, बदलिँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिद्वीप, जीवनरेखा र कुमारीका केही दृश्य वार्षिकोत्सवको अवसर पारेर बोर्डमा प्रदर्शन गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्