भलिबलको उपाधि रुद्रध्वज गणलाई



विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम पृतनापति ट्रफी अन्तरगत भलिबल खेलको उपाधि रुद्रध्वज गण सिलगढीले जितेको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित सैनिक खेल मैदानमा भएको भलिबल तर्पmको फाईनल खेलमा रुद्रध्वज गणले रणबम गणलाई हराएको छ ।

उक्त खेलमा रुद्रध्वज गणका सिपाही ओमराज बूढा म्यान अफ द म्याच घोषित भएका छन् । कैलाली जिल्लाको धनगढी रंगशालामा भएको १० कि.मी. दौड पूरुषतर्फको स्वर्ण पदक भवानीदल गणका सिपाही नरेश गिरीले हात पारेका छन् । उहाँले सो दौड ३३ मिनेट १६ सेकेण्डमा पार गरेका थिए ।

त्यसै गरी महिला तर्फको १० कि.मी. दौडमा भवानीदल गणकै सिपाही अम्बीका नाथले स्वर्ण पदक जितेकी छन् ।

उहाँले सो दौड ४५ मिनेट ०३ सेकेण्डमा पूरा गरेकी थिईन् । हालसम्म भवानीदल गणले एथलेटिक्सतर्पm अग्रता कायम गरेको सुदूरपश्चिम पृतना दिपायलका महासेनानी आरसी खत्रीले जानकारी दिनुभयो ।

कैलाली र कञ्चनपूरमा सम्पन्न खेलहरुमा नेपाली सेनाका बाहिनी, गण र गूल्महरुमा कार्यरत सैनिक खेलाडीहरु र सर्वसाधारण खेल प्रेमीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्