लज्जास्पद हारसँगै मनाङ एएफसी कपबाट बाहिरियो



नेपाल समाचारपत्र, काठमाडौं ।
सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम खेलअघि नै एएफसी कपको समूह चरणबाट बाहिरिएको छ । बंगलादेशमा अवहानी लिमिटेड ढाकासँग बुधबार ५–० लज्जास्पद पराजय सँगै नेपालको अघिल्लो चरण पुग्ने सबै खाले सम्भावाना सकिएको हो ।

सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका खेलाडी पहिलो हाफमा २–० ले पछि परेको मनाङले अर्को हाफमा पनि २ गोलकै सामना गरेको थियो । मनाङ आजको खेलमा ११ औं मिनेटमा पछाडि परको थियो । घरेलु टोलीका लागि मोहम्मद नविव निवाज जीवनले पहिलो गोल गरे । पहिलो हाफको इन्जुरीको दास्रो मिनेटमा कर्भेन्स बेलफर्टले गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

मनाङमाथि दबाब बनाउको अवहानीका लागि ६३ औं मिनेटमा जेवेल राना र ७५ औं मिनेटमा सन्डे चिजोबा एनवाडिलोले गोल गरेका थिए । इन्जुरी समयको पाँचौं मिनेटमा मामुनल इस्लामले गोल गर्दै टोलीको गोलअन्तरलाई थप फराकिलो बनाएका थिए । ५ खेलको समाप्तीमा २ अंकका साथ मनाङ समूह चरणको पुछारमा छ । मनाङले अन्तिम खेल घरेलु मैदानमा चेन्नायीन एफसीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्