यस्तो छ माइतिघर मण्डलामा (फोटो फिचर)



 

काठमाडौं । सरकारले गुठी बिधेयक फिर्ता लिए पनि गुठी विधेयक विरुद्ध राजधानीको माइतिघर मण्डलामा आज मानव सागर उर्लिएको छ । गुठी विधेयक नै खारेज गर्नुपर्ने माग सहित विशाल प्रदर्शन गरिएको हो ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको थियो । सबै जुलुस माइतिघर मण्डलामा एकत्रित भएको छ ।

सरकारले मंगलबारै गुठी विधेयक फिर्ता लिएको थियो । तर, यसविरुद्धका अभियन्ताले सरकारको निर्णयमा भर नलागेको बताएका छन् ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए । गुठी विधेयकका नाममा तलमाथि भए ठिक नहुने भन्दै सर्वसाधारणले कडा चेतावनी दिएका छन् ।

हेर्नुहोस समाचारपत्रकर्मी उजोल डंगोलले लिनुभएको केही तस्वीरहरु

 

प्रतिक्रिया दिनुहोस्