माइतीघर मण्डलाकाे सभाः थेग्न नसक्ने भिड देखेर सरकार झस्कीयाे (फाेटाे फिचर)



काठमाडौं । लामो समय देखि चर्चाको विषय बन्न पुगेको गुठी विधेयक खारेजी माग गर्दै राजधानीमा आज बृहत प्रदर्शन भईरहेको छ ।

जनआन्दोदनको झल्को दिनेगरी भएको प्रदर्शनमा हजारौंको सहभागिता देखिएको छ । बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको थियाे ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए  मान्य नहुने भन्दै कडा चेतावनी दिइएको छ ।

गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने आन्दोलनमा सहभागीहरुले जोड दिएका छन् ।

अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघरलगायतका स्थानको सवारी आवागमन ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्