माइतीघर मण्डलाकोे जनसभाः ठ्याक्कै जनआन्दोलनको झ-झल्को (फाेटाे फिचर)



सन्तोष खनाल, माइतीघर मण्डला काठमाडौं । गुठी विधेयकको खारेजी माग गर्दै राजधानीमा आज बृहत प्रदर्शन भईरहेको छ । जनआन्दोदनको झल्को दिनेगरी भएको प्रदर्शनमा हजारौंको सहभागिता छ ।

राष्ट्रियसभामा प्रस्तुत विधेयकको विरोधपछि मंगलबार भूमिव्यवस्थामन्त्री मन्त्री पद्मा अर्यालले फिर्ता लिएको घोषणा गरेकी थिइन् । तर, उक्त विधेयक खारेज हुनुपर्ने भन्दै सरोकारवालाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने आन्दोलनमा सहभागी रोशन श्रेष्ठले समाचारपत्रसँग कुरा गर्दै बताउनुभयो ।

प्रदर्शनकारीहरुले विधेयकको खारेजी माग गर्दै राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरेका छन् ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ जस्ता प्लेकार्ड र नारा लगाइएको छ ।प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघरलगायतका स्थानको सवारी आवागमन ठप्प छ । प्रहरी समेृत व्यापक रुपमा परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्