गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा खबरदारी सभा (लाईभ)



नेपाल समाचारपत्र, काठमाडौं ।

गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा आज बृहत प्रदर्शन जारी छ । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको हो ।

मंगलबार भूमिव्यवस्थामन्त्री मन्त्री पद्मा अर्यालले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयक सरोकारवालासँग छलफल गरी अगाडी बढाइने बताएकी थिइन् । तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली हुँदै अघि बढेको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ । यतीबेला माइतीघर मण्डलामा जनसागर उत्रिएको छ ।

हेर्नुहोस लाईभ

 

https://youtu.be/omZRLXesXW8

प्रतिक्रिया दिनुहोस्